23.9 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

कैलाली जिल्ला अदालत थोत्रा गाडीको ग्यारेज बन्दै

धनगढी, साउन १५

कैलाली जिल्ला अदालत परिसरमा विभिन्न मुद्धामा संग्लन सवारी साधनहरु कवाडी बन्दै गएका छन् ।

एक वर्षदेखि लिलामी नभएकोले दर्जनौ सवारी साधनहरु क्वाडी वनिरहेका छन् ।

विभिन्न मुद्धाहरु जोडिएका सवारीसाधनहरुको मुद्धा छिनोफानो हुँदा पनि लिलामी हुन सकेका कारण त्यसै थन्किएका हुन् । यसवाट प्राप्त हुने लाखौ रकम राज्यले पनि गुमाईरहेको छ ।

अव छिट्टै मुल्यांकनको काम अगाडी वढाएर प्रक्रियामा जाने कैलाली जिल्ला अदालतले जनाएको छ ।

कैलाली जिल्ला अदालतको परिसरमा विभिन्न मुद्धाहरुमा संग्लन दर्जनौ सवारी साधनहरु लिलामी हुन नसक्दा लिलामी कवाडी वनेका हुन् ।

एक वर्ष अघि नै मुद्धाको छिनोफानो भएर पनि लिलामी प्रक्रिया अगाडी नवढ्दा राज्यले. पनि लाखौको राजश्व नोक्सानी भईरहेको छ ।

विभिन्न मुद्धाहरुमा संग्लन मिनी ट्रक, ट्याक्टर, ट्राली, मोटरसाईकल र स्कुटीहरु अदालतको पछाडी भागमा अलपत्र अवस्थामा रहेको कैलाली जिल्ला अदालतका तहसिदार नवराज जोशीले जानकारी दिए ।

अधिकांश सवारी साधनहरु वन मुद्धाहरुसँग सम्वन्धित रहेका छन ।

सवारी साधनसँगै काठ पनि सडेर कुहिरहेको छ ।

त्यसका साथै चोरीका सवारी साधन र लागु औषध मुद्धामा संग्लन भएका सवारी साधनहरु लिलामी नहुँदा खिया लागेर सिद्धिरहेका छन् ।

सवारी साधन लिलाम मूल्याङ्कन समिति प्रतिनिधिहरूबीच गाडीको मूल्याङ्कन गर्ने विषयमा एक वर्षदेखि प्रक्रियापनि अगाडी वढेको छैन् ।

अदालतकै बेवास्ताका कारण पक्राउ गरिएका सवारी साधनहरू थोत्रो भइसक्दा समेत लिलामी हुन सकेका छैनन् ।

तर अव मुल्याकंनको प्रक्रीया अगाडी वढाएर लिलामी गरिने कैलाली जिल्ला अदालतका श्रेस्तेदार ईन्द्र कडायतले वताए । खुल्लाआकासमा थन्काईएका गाडीमा रहेका बहुमूल्य पाटपूर्जा चोरी भइसकेका छन् ।

कर्मचारीको उदासीनताका कारण समयमा लिलाम बिक्री नहुँदा लाौं राजश्व त्यसै खेर जाने अवस्थामा पुगेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles