26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

स्थानीयले छाडा पशु चौपाया उप–महानगरपालिकालाई बुझाए

धनगढी साउन १५ ।

अन्नबाली खाएर हैरान बनाएपछि स्थानीयले छाडा पशु चौपाया धनगढी उप–महानगरपालिकालाई बुझाएका छन् ।

उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा गाँउका स्थानीयले सोमबार छाडा पशुचौपाया ल्याएर उप–महानगरपालिकालाई बुझाएका हुन् ।

जुगेडा सि गाँउकी पार्वती विकले पशु चौपायाले अन्नबाली मा क्षती पु¥याउन थालेपछि उप–महानगरपालिका पु¥याइएको बताईन् ।

स्थानीय तह चुनावका बेला जनप्रतिनिधीहरुले घर घरमा पुगेर पशु चौपायाको व्यवस्थापन गर्ने आश्वासन दिएपनि पुरा नगरेकाले व्यवस्थापनका लागि दबाब दिन उप–महानगरपालिका पु¥याईएको विकले बताईन् ।

जुगेडाबाट २० देखी २५ जनाले डेढ सय भन्दा बढि छाडा पशु चौपाया ल्याएर उप–महानगरपालिकामा छोडेका हुन् ।

उनीहरुले छाडा चौपायाको उचित व्यवस्थापनको माग गरेका छन् ।

यसअघि केही दिन पहिले धनगढी उप–महानगरपालिका २ का स्थानीयले पनि छाडा पशु चौपाया ल्याएर उप–महानगरपालिकामा थुनेका थिए । जनप्रनिधीले पशु चौपाया व्यवस्थापनका लागि प्रभावकारी ढङ्गले काम नगर्दा नगरबासी छाडा पशु चौपायाको समस्याले हैरान हुन थालेका हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles