40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

पन्त हत्याकाण्डको छानविन गर्न सिआईबीको टोली परिचालन

महेन्द्रनगर, साउन १४, २०७५

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त हत्याकाण्डको विरोधमा आईतबार पनि महेन्द्रनगरमा प्रर्दशन भएको छ ।

सुरक्षाको ग्यारेन्टी नहुन्जेलसम्म शव नबुझ्ने घोषणा गरेर विभिन्न संघ संस्था र राजनीतिक दल सम्बद्ध संगठनहरुले आन्दोलनका कार्यक्रम जारी राखेका हुन् ।

पीडित पक्ष र स्थानीय प्रशासनबिच शनिबार बालिकाको हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गर्ने, घटना भएको स्थानमा नियमित प्रहरी गस्ती र प्रहरी विट स्थापनाका लागि पहल गर्ने सहमती भएको थियो । तर स्थानीयले लिखित सहमती गर्दैमा सुरक्षाको ग्यारेन्टी नहुने भन्दै दोषीलाई सार्वजनिक नगरेसम्म शव दाहसंस्कार नगर्न पिडित पक्षलाई दवाव दिइरहेका छन् ।

यसैबिच बालिका हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो सिआइबीको टोली महेन्द्रनगर आएको छ ।

सिआईबीका प्रहरी नायव उपरिक्षक अंगुर जिसी नेतृत्वमा आएको टोलीले घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठीले जानकारी  दिए ।

भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा शुक्रबार उखुबारीमा भेटिएकी थिईन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles