28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

१३ वर्षिया बालिका हत्याकाण्ड, माग पूरा गर्ने प्रशासनको सहमती पछि आफन्त शव बुझ्न तयार

कञ्चनपुर, साउन १२ ।

कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणमा उठाएका माग पूरा गर्ने स्थानीय प्रशासनले सहमती जनाएपछि आफन्त शव बुझ्न सहमत भएका छन् ।

शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच भएको छलफलमा माग पूरा गर्ने सहमती भएपछि मृतकका आफन्त शव बुझ्न सहमत भएका हुन् ।

भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा बीहिबार फेला परेकी थिईन् ।

पीडित पक्षले अघि सारेका माग स्थानीय सरकार र प्रशासनले पूरा गर्ने प्रतिवद्धता जाहेर गरेपछि मृतकका आफन्त शव बुझ्न सहमत भएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए ।

उनका अनुसार निर्मलाको हत्यारा पत्ता लगाई दोषीलाई छिट्टै सार्वजनिक गर्ने, घटना भएको स्थानमा नियमित प्रहरी गस्ती र प्रहरी विट स्थापनाका लागि पहल गर्ने, पीडित परिवारलाई न्याय दिलाउने र राहतका लागि पहल गर्ने सहमति भएको हो । सहमतीसँगै पीडित परिवारले भने शव आइतबार दाहसंस्कार गर्ने जनाएको छ ।

हत्या विरोधमा संयुक्त विद्यार्थी संगठनद्धारा आन्दोलनका कार्यक्रम सार्वजनीक
पीडित पक्ष र स्थानीय प्रशासन बिच सहमती भएपनि संयुक्त विद्यार्थी संगठनले भने बालिका हत्या विरोधमा तीन दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

शनिबार महेन्द्रनगरमा बसेको ६ विद्यार्थी संगठनको बैठकले तीन दिने आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वियु, विप्लव वैद्य क्रान्तिकारी र अखिल छैटौँले छात्रामाथि भएको जघन्य बलात्कार र क्रुर हत्याको विरोधमा संयुक्त रुपमा आइतबार विरोध सभा गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाउने, सोमबार दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र मंगलबार शैक्षिक हडताल गर्ने घोषणा गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles