38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनगढीको मुख्य सडकमा दिनभरी भारवहान सवारी निषेध गरिएपछि व्यवसायी रुष्ट

धनगढी, साउन १३, २०७५ ।

धनगढीको मुख्य सडकमा विहान ९ बजेदेखि साँझ ७ बजे सम्मका लागि भार वहान सवारी निषेध गरिएपछि व्यापारी रुष्ट भएका छन ।

धनगढी क्षेत्रमा बिहानदेखि साँझसम्म मात्र व्यापार हुने र सो समयमा व्यापारीलाई सामान ओसारपसार गर्न असहज भएको भन्दै उनीहरुले असन्तुष्टी व्यक्त गरेका हुन ।

ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै उप–महानगरपालिकाले झण्डै एक महिनादेखि बजार क्षेत्रमा भार वहान सवारी साधन चल्न दिएको छैन ।
धनगढी क्षेत्रमा सवारी चाप बढेको र ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको भन्दै उप–महानगरपालिकाले विहान ९ बजेदेखि साँझ ७ बजेसम्म भारवहान सवारी साधन ट्रकसंगै टिप्पर पनि सञ्चलनमा निषेध गरेको थियो ।

उप–महानगरपालिकाले सो समयमा नदिजन्य सामाग्रीको ओसारपसार पनि मुख्य सडक भएर गर्न नदिने नियम लगाएको छ । जस्ले गर्दा व्यापारीहरुले दिनभरी सामान ल्याउन र पठाउन समेत समस्या भएको छ ।

हार्डवेयर व्यवसायी संघ कैलालीका अध्यक्ष सुरेन्द्र राठीले धनगढीको व्यापार बिहानदेखि साँझसम्म मात्र भएकाले यो नियम फिर्ता लिनु पर्ने बताए ।

उनले भने– धनगढी मुख्य सडकका हार्डवेयर व्यवसायी मात्र हैन अन्य व्यवसायी समेत यो नियमबाट रुष्ट भएका छन ।
प्रदेशको व्यापारीक केन्द्र र अस्थायी मुकाममा भारवहान सवारी साधन दिनभरी चल्न नदिने निर्णयले व्यापार व्यवसाय चौपट हुने चिन्ता व्यवसायीमा बढेको छ ।

विगतमा विद्यालय र कार्यालय समय सुरु हुदा र सकिने बेलामा मात्रै ठुला सवारी साधन मुख्य सडकमा लैजान निषेध गरिएको थियो ।

धनगढीको सिङगो बजार नै मुख्य सडक वरिपरि रहेको र सोही क्षेत्रमा ट्रक चल्न नदिने निर्णयले व्यवसायीलाई समस्यामा पारेको हो– अध्यक्ष राठीले भने ।

सो निर्णय सच्याएर विद्यालय र कार्यालय समय सुरु हुदा र सकिने बेलामात्र ठुला सवारी निषेध गर्न उनले उपमहानगरपालिकालाई आग्रह गरे ।
धनगढी उपमहानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा चुनौती रहेकाले यो निर्णय गरीएको उप–महानगरपालिकाको दावी छ ।

उप–महानगरपालिकाले सडकमै सवारी राखेर समान लोडअनलोड हुने गरेका कारण पनि दिनभरी मुख्य सडकमा निषेध गरिएको बताएको छ । धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडले धनगढीमा ट्राफिक समस्या भएको बताए ।

बिच सडकमा सवारी रोकेर सामान लोड, अनलोड गर्दा समस्या भएको हो, उनले भने ।
धनगढीको ट्राफिक व्यवस्थापनको प्रमुख समस्या के हो ? के साच्चिकै ठुला सवारी साधन मात्रै हुन वा विद्युतीय रिक्सा, अव्यवस्थित पार्किङ, साँघुरो सडक र सडकमै राखिएका खोका छाप्रा पनि हुन् ।

त्यस्को अध्ययन अनुगमन पनि उप–महानगरपालिकाले गर्ने हो की ?

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles