35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

१३ वर्षिया बालिका हत्याकाण्ड :दोषिलाई कारबाहीको माग गर्दै प्रर्दशन

धनगढी, साउन १२ गते ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त हत्याकाण्डका दोषिको पहिचान गरी कानुनी कारबाहीको माग गर्दैै शनिबार पनि महेन्द्रनगरमा प्रर्दशन गरिएको छ ।

मृतकका आफन्त र स्थानीयले घटना भएको ७२ घण्टा हुदा सम्म पनि प्रहरीले दोषि पत्ता लगाउन नसकेको भन्दै तत्काल दोषिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरेका हुन् ।

उनीहरुले पीडित परिवारलाई उचित क्षतीपूर्ती र घटना भएको स्थानमा प्रहरी चौकि स्था

पनाको माग समेत गरेका छन् । भीमदत्तनगरपालिका १८ निम्बुखेडा स्थित उखुबारीमा शुक्रबार बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।

भीमदत्त नगरपालिका २ उल्टाखाम महुलिया घर भएकी निर्मला बिहीबार दिउँसो साथीको घर जान भनि हिडेकी थिईन् ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर सेठीले बालिका हत्या काण्डको अनुसन्धान भइरहेको जानकारी दिए ।

यद्यपी अहिले सम्म दोषिको पहिचान भने हुन नसकेको प्रहरी नायब उपरिक्षक सेठीले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles