37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

दुस्मीको पासोमा चितुवा पर्‍यो

बैतडी,साउन १२ गते ।

बैतडीमा दुम्सीका लागी थापेको पासोमा चितुवा परेको छ । जिल्लाको मेलौली नगरपालिका ३ लेकमा दुम्सीले मकै नष्ट गर्न थालेपछि स्थानियले थापेको पासोमा चितुवा परेको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय मेलौलीको टोली त्यहाँ गएको प्रहरी नायव निरिक्षक रेवन्त पन्तले बताए । चितुवाको खुट्टा मात्रै पासोमा परेकोको चितुवा जिउदैँ रहेको स्थानिय इश्वर क्षेत्रीले बताए ।

जिल्ला बन कार्यालयको टोली पनि सो तर्फ गइरहेको जिल्ला बन अधिकृत प्रभात सापकोटाले बताए ।

प्रहरी तथा जिल्ला बनको टोलि दिउसो १२ बजे मात्रै घटनास्थल पुग्ने बताईको छ ।

मेलौली चितुवा प्रभाबित क्षेत्र हो ।

यसअघि मेलौली नगरपालिका, पञ्चेश्वर गाउपालिका तथा शिबनाथ गाँउपालिकाका २३ जनाको चितुवाकै आक्रमण बाट ज्यान गईसकेका छ भने धेरैलाई घाइते बनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles