महाकाली सिंचाई आयोजनाको मुल नहरको काम सुस्त

द्वारा : सुदुर न्युज
0

कञ्चनपुर, साउन ११ गते ।

महाकाली सिंचाई आयोजना तेस्रो चरण अन्र्तगत मुल नहर निर्माणको काम सुरु भएको १२ वर्षमा हालसम्म करिब १३ किलोमिटर नहर निर्मँण भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि बेदकोट नगरपालिकाको मुसेपानीसम्म १२ दशमलव ७ किलोमिटर मुल नहर निर्माणको काम गत आर्थिक वर्षमा सम्पन्न भएको हो ।

सुरुदेखि नै वजेट अभावका कारण सुस्त गतिमा बढिरहेको आयोजनाले एक वर्षमा एक किलोमिटरभन्दा केही वढी मात्रै नहर निर्माण गर्न सकेको देखिएको हो ।

उक्त नहरमा पानी सञ्चालनका लागि शाखा प्रशाखाहरुको निर्माण कार्य भारतीय पक्षले आप्mनो भूभागमा नहर बनाएपछि मात्रै सुरु गर्ने तयारी गरिएकोमा भारतीय पक्षले भने नहर निर्माणको सुरसार समेत गरेको छैन ।

महाकाली सन्धि अनुसार नेपाललले  सिंचाईका लागि ब्रह्मदेव नहरबाट बर्खामा १ हजार र हिउदमा साढे ३ सय क्युसेक पानी प्राप्त गर्नुपर्ने हो ।

तर नहर निर्मँण सुरु भएको केही समयसम्म त नेपालले टनकपुर बांधको कुन तहबाट पानी प्राप्त गर्ने भन्ने कुरा नै विवादमा रहेका कारण पनि आयोजनाले गति लिन नसकेको अवस्थामा अघिल्लो वर्ष  भारतीय पक्षले २४५ मिटर र नेपाली पक्षले २४१ मिटरको अडान लिदा निर्माणको काम प्रभावित भएको थियो ।

तर लामो समयदेखि रहदै आएको विवाद भारतीय पक्षसग सुल्झिए पनि आयोजनाका लागि आउने कम वजेटले निर्माणको कामले गति नलिएको महाकाली सिंचाई आयोजना तेस्रो चरणका सिनियर डिभिजन ईन्जिनियर वीर सिंह धामीले बताए ।

आयोजना शाखा उपशाखा निर्माणका लागि विस्तृत अध्ययन गरेर तयारी अवस्थामा बसेको भारतीय पक्षले नहर निर्माणको काम सुरु नगर्दा काम प्रभावित हुँदै आएको छ ।

एक वर्षभित्र पानी सञ्चालन गर्न सकिने अवस्था भएपनि भारतीय पक्षले केही गरेको छैन् । तेस्रो चरण अन्तरगत शारदा नहरदेखि महाकाली पारीको दोधारा चांदनीका लागि सिंचाई सुविधा उपलब्ध गराउने विषयमा पनि भारतीय पक्षले अनावश्यक बखेडा झिकेको देखिएको छ ।

महाकाली सन्धीको तेस्रो बुद्धामा पञ्चेश्वर परियोजना र चौथौमा दोधारा चांदनीमा सिंचाई नहरको कुरा उल्लेख छ ।

यही विषयलाई भारतीय पक्षले पहिले पञ्चेश्वर परियोजना निर्माण हुनुपर्ने र त्यसपछि मात्रै दोधारा चांदनीका लागि पानी दिन सकिने संयुक्त वैठकमा कुरा उठाएको प्राविधिकहरु बताउछन् ।

स्थानीय तहका जन प्रतिनिधिहरु, प्रदेश सरकार र संघीय सरकारले महाकाली सिंचाई आयोजनालाई तिव्रताका साथ अगाडी वढाउनका लागि पनि पहल गरेका छैनन् ।

तर महाकाली नगरपालिकाकी उपप्रमुख चिनि गिरीले भने आयोजनाको कामले गति लिनुपर्ने भन्दै पहल गरिरहेको दाबि गरिन् ।

हालसम्म करिब १३ किलोमिटर नहर निर्माणमा २ अर्व खर्च भईसकेको छ । जसमा संरचना निर्माणमा डेढ अर्व र मुआव्जा वितरणमा ६० करोड खर्च भएको आयोजनाले जनाएको छ ।जस अन्र्तगत मुल नहर निर्माणसंगै ७ वटा साईफन र १८ वटा ठुला पुलहरु निर्माण गरिएका छन् ।

१३ किलोमिटर नहर निर्माणका क्रममा ६२ हेक्टर जमिन अधिग्रहण गरिएको छ । यसका साथै आयोजनाले आधार क्षेत्र बचाउ कार्यक्रम अन्र्तगत चेरेबाट बग्ने कामीकांटे, खन्याखोला र रौटेला खोलामा तटबन्ध निर्मँणको काम पनि गरिरहेको छ । ब्रह्मदेव खण्ड अन्तरगत मुसेपानीदेखि टोटीफुलेलीसम्म थप १५ किलोमिटर मुल नहर निर्मँणका लागि सर्भेको काम चलिरहेको छ ।

तर यस वर्ष ३० करोड मात्रै वजेट विनियोजन भएकाले आयोजनाले गति लिने देखिदैन । तीन अर्वको टेण्डर आव्हान गरिएकोमा निकै कम वजेट आएपछि के  गर्ने भन्ने आन्यौनता र अलमल भएको महाकाली सिंचाई आयोजना तेस्रो चरणका सिनियर डिभिजन ईन्जिनियर वीर सिंह धामीले बताए ।आयोजना अन्तर्गत अहिले सामुदायिक वन, निकुञ्ज क्षेत्रमा पर्ने रुखको गणना कार्य चलिरहेको छ ।

आयोजनाका लागि वातावरणिय प्रभाव मुल्यांकनको काम भने २०६५ मै गरिएको थियो ।

आयोजना अन्तरगत ब्रह्मदेवदेखि चुरे फेदी हुदै कैलालीको गेटा र कञ्चनपुरको त्रिभुवनवस्तीसम्म १ सय ५१ किलोमिटर मुल नहर निर्मँण हुनेछ । सो नहरबाट ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ । थप केहि क्षेत्र छुटेकाले सिंचित क्षेत्रफल करिब ४० हजार हेक्टर पुग्ने अनुमान गरिएको छ ।

२००१ मा गरिएको इष्टमेट अनुसार आयोजनाका लागि ११ अर्ब लागत अनुमान गरिएको थियो ।

२०१५ मा लागत अनुमान बढेर २७ अर्व पुगेको छ । आयोजना सुरु गर्दा २०१८ मा सक्ने लक्ष्य राखिएको थियो । अहिले पनि २०२२ मा सक्ने लक्ष्य राखिएको छ ।

अहिलेकै गतिले काम भए ४०÷५० वर्ष लाग्न सक्ने प्राविधिकहरु स्वयम स्वीकार गर्छन् । राष्ट्रिय गौरवको आयोजना वन्न नसक्दा वर्षेनी वजेट अभावले चुनौती वढ्दै गएको छ ।

 

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy