27.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अवरुद्ध महाकाली राजमार्ग सुचारु

बैतडी,  साउन १० गते ।
गएराती देखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

महाकाली राजमार्गको सतबाँझ– गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्यान्हपछी पुनः सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछी राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । लगातार पानी परिरहेकाले बांगाबगरमा फेरी पनि जुनसुकैबेला पनि पहिरो खस्न सक्ने सम्भापना रहेको छ ।

गएराती परेको पानीका कारण महाकाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको थियो । राजमार्ग पुनः सञ्चालनमा आएपछी रोकिएका सवारी साधनहरु तथा यात्रुहरु आ आफ्नो गन्तब्यतर्फ लागेका छन् ।

वि.सं. २०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुँदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

यसअघि बांगाबगरमै पहिरो खस्दा मंगलवार रातीदेखि अवरुद्ध भएको महाकाली राजमार्ग बुधवार दिउँसो मात्रै सञ्चालनमा आएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles