24.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

करेन्ट लाग्दा ६ जना घाइते, १ को अवस्था गम्भीर

पोखरा,साउन १० गते ।

पर्वतको मोदि गाउँपालिका ५ खोला खेतमा करेन्ट लाग्दा एकै परिवारका दुई सहित ६ जना घाइते भएका छन भने एक महिला गम्भीर घाइते भएकि छिन ।बुधबार बिहान करिव ११ बजेको समयमा घरको मिटर निभाउन जाने क्रममा करेन्ट लागेर एकै परिवारका पुतली दर्जी ९परियार० र ममता परियार सहित १३ वर्षिय मनिषा परियार, बिमल परियार, यम बहादुर परियार र रुपा परियार घाइते भएका हुन ।

घाइतेहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइ राखेको छ ।

घाइतेहरुको हात र खुट्टामा बढी चोट लागेको छ भने पुतली दर्जीको एउटा हात पुर्ण रुपमा जलेको थियो हातको शल्यक्रिया पछि उनलाइ एआइसियुमा राखिएको उनका आफन्त राजकुमारी दमैले बताइन ।

दुई तीन दिन देखि सानो सानो आगो बल्थ्यो खबर गर्नको लागि नम्बर पाइएन मिठुको घरमा आगोको मुस्लो पसेको थियो, अनि मिटर निभाउन जादा करेन्ट लागेको होू स्थानिय आसमाया दमैले भनिन ।

‘ट्रान्सर्फमरमा आगो बलेर पड्कियो, घरको मिटर निभाउन लागेको थिए निभाउन नपाउदै करेन्टले समात्यो’ घाइते रुपा परियारले बताइन ।

उनको देव्रे हात र खुट्टा जलेको छ । वस्ती भन्दा २० मिटर माथी रहेको ट्रान्सर्फमर पड्किदा घटना घटेको राजकुमारिले बताइन ।

ट्रान्सर्फमरमाथि हुने लाइटिङ्ग एरेष्टरमा आगो लागि करेन्ट प्रवाह हुदा घटना घटेको पर्वत विधुत वितरण केन्द्रका प्राविधिक प्रमुख हेम चपाइले बताए ।

लाइटिङ्ग एरेष्टर जलि ११ के भिको करेन्ट चार सय २० भोल्टको तारमा जोडिन पुग्दा घटना घटेको स्थानिय समेत रहेका विधुत वितरणका प्राविधिक यमबहादुर मल्लले बताए ।

‘ यो चेतनाको कमिले गर्दा हो, ट्रान्सर्फमर पड्केको होइन लाइटिङ्ग एरेष्टर पड्केको हो,यस्तो बेलामा केही गर्न हुन्न यो ४.५ सेकेन्ड मात्र हुन्छ, जति पनि घाइते भएका छन ती सबै मिटर निभाउन जाने मात्र छन, उनिहरु निभाउन नगएको भए यस्तो हुने थिएन’ मल्लले बताए ।

घाइतेको उपचारमा लाग्ने सम्पुर्ण खर्च वितरण केन्द्रले व्यहोर्ने पर्वत वितरण केन्द्रका प्रमुख इश्वर बहादुर विष्टले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles