30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पाटन बजारमा सरसफाई

बैतडी,साउन १० गते ।

बैतडीको पाटन सहरलाई स्वच्छ र सफा राख्न पाटन नगरपालिकाका जनप्रतिनिधि सक्रिय भएका छन् ।

सरसफाइ सम्वन्धी जनचेतनामूलक अभियानलाई निरंन्तरता दिदै नगर प्रमुख केशब बहादुर चन्द तथा उप–प्रमुख सरस्वती कोलीको अगुवाइमा नगरपालिकाका अन्य जनप्रतिनिधि, प्रहरी, विद्यार्थी, व्यापारी लगायतले आज पाटन बजारमा सरसफाई गरेका हुन् ।

नेपाल विद्यार्थी संघ बैतडीका कार्यवाहक अध्यक्ष कपिल केसीले दिनप्रतिदिन पाटन बजार क्षेत्र फोहोर हुन थालेको भन्दै सरसफाई अभियान सुरु गरिएको बताए ।

“नेपालकै नमुना सहर, स्वच्छ, सुन्दर र सम्बृद्ध सहर” बनाउनको लागी सरसफाई अभियानको थालनी गरिएको नगरप्रमुख केशव वहादुर चन्दले बताउ । सरसफाई गर्नु आफ्नै लागी हो भनेर नगरबासीलाई सन्देश दिनका झाडो समातेर आफै बजार सरसफाईमा जुटेको उनले बताए ।

छाडा पशुचौपाया व्यवस्थापन गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles