41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सिमसिमे पानीमा डा. केसीको समर्थनमा धनगढीमा प्रदर्शन

धनगढी,साउन ९ गते ।

अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग संवोधनका लागि जनदवाव सृजना गर्न धनगढीमा प्रदर्शन गरिएको छ ।

डाक्टर केसीले उठाएका माग तीन करोड नेपालीको हितका लागि भएको भन्दै आज साझ धनगढीको पार्कमोडमा प्रदर्शन गरिएको हो ।

विगत लामो समयदेखि डाक्टर केसीको मागमा ऐक्ववद्धता जनाउदै आएको स्वस्फुर्त युवा समूहले जन दवावका लागि प्रदर्शन गरेको हो ।
सुरुमा भारी बर्षा र पछि सिमसिमे पानीसंगै समूहले धनगढीमा प्रदर्शन गरेको हो ।

उनीहरुले पानीमा भिज्दै डाक्टर केसीको समर्थनमा नारावाजी गरेका थिए ।

बर्षाले निर्धारीत अन्य दवावमुलक कार्यक्रम गर्न नसकेपनि धनगढीको पार्कचौमा डाक्टर केसीले उठाएका माग संवोधन गर्नुपर्ने माग सहित नारावाजी गरि प्रदर्शन गरिएको समूहले जनाएको छ ।

स्वस्फुर्त युवा समूहले तीन करोड नेपालीहरुको सहज र सुलभ स्वास्थ्य सेवाको माग राख्दै १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग सवै नेपालीका माग भएकाले जन दवाव श्रृजना गर्न प्रदर्शन गरेको जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles