26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

बैतडी,  साउन ९ गते ।
गएरातीदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

महाकाली राजमार्गको सतबाँझ– गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्यान्हपछी पुनः सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछी राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता ,प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

गएराती परेको पानीका कारण महाकाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको थियो ।

राजमार्ग पुनः सञ्चालनमा आएपछी रोकिएका सवारी साधनहरु तथा यात्रुहरु आ आफ्नो गन्तब्यतर्फ लागेका छन् ।

वि स २०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुँदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो ।

सोहीबेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगरबासीलाई चिन्तित बनाएको स्थानिय सुरेस श्रेष्ठले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles