35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

राजमार्ग क्षेत्रका मेयर छाडा पशु व्यवस्थापन गर्न एकजुट

महेन्द्रनगर । छाडा पशुचौपाया व्यवस्थापन गर्ने विषय पूर्वपश्चिम राजमार्गसँग जोडिएका कञ्चनपुरका ४ नगरपालिकाको संयुक्त एजेण्डा बनेको छ ।

छाडा पशुचौपाया व्यवस्थापन भीमदत्त, कृष्णपुर, बेदकोट र शुक्लाफाँटा नगरपालिकाको एजेण्डा बनेको हो । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएसँगै ४ वटै नगरपालिकाले पशुचौपाया व्यवस्थापनका लागि छलफल समेत थालेका छन् । भीमदत्त नगरपालिकाको पहलमा बिहीबार भएको छलफलमा ४ नगरपालिकाका प्रमुखले छाडा पशुचौपाया व्यवस्थापनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका छन् ।

छलफलमा सहभागी ४ वटै नगरका मेयरले पशुचौपाया व्यवस्थापनका लागि एक भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए । ‘छाडा पशुचौपाया व्यवस्थापनका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्ने निर्णय समेत गरिएको छ,’ विष्टले भने ।

यसैगरी, छाडा पशुचौपायाको व्यवस्थान गर्न ४ नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने सहमति समेत गरेका छन् । यद्यपी, निर्णय गर्नुअघि सरोकारवालासँग छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । जिल्ला प्रशासन कार्यालयसँग पनि आवश्यक छलफल गर्ने, सबै पक्षबाट सुझाव संकलन गर्ने निर्णय गरिएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएका ४ वटै नगरपालिकामा छाडा पशुचौपायाको समस्या बढ्दै गइरहेको छ ।  बृद्ध भएका गाई र दूध दिन छाडेका गाईलाई पशुपालक किसानले छाडा छाडिदिने गरेका कारण नगर क्षेत्र र राजमार्ग क्षेत्रमा छाडा पशुचौपाया बढ्दै गएका छन् ।

जसका कारण बजार र राजमार्ग क्षेत्रमा हिडडुल गर्न समस्या हुने र ग्रामीण क्षेत्रमा किसानको वालीनालीमा क्षति पुर्‍याउने गरिएको छ । छाडा पशुचौपाया व्यवस्थापनको विषय स्थानीय तह निर्वाचनमा चुनावी मुद्दा समेत बनेको थियो । निर्वाचित मेयरले चुनावका क्रममा गरेका वाचा पूरा गर्ने क्रममा सक्रियता देखाएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles