32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

कैलाली र कञ्चनपुरका ९ वटा सीमा सडक निर्माणमा ढिलाई, १ वर्षमा साढे ४ किलोमिटर कालोपत्रे

धनगढी, साउन ९ गते ।

पुर्वपश्चिम राजमार्गदेखी भारतीय सीमा जोड्ने कैलाली, कञ्चनपुरका ९ वटा सडकको निर्माणले अझै तिव्रता पाउन सकेको छैन् ।

पुर्वपश्चिम राजमार्गको, दक्षिण तिरका गाउँबस्तीको व्यापार र आर्थिक गतिविधिमा सुधार ल्याउनका लागि सरकारले आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको थियो ।

दुवै जिल्लामा गरी कुल २ सय १ किलोमिटर सडक निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ को असारमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएकोमा १३ महिना सम्म साढे ४ किलोमिटर सडक मात्र कालोपत्रे भएको हो ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनीयर खगेन्द्र शाहीले कञ्चनपुरमा १५ किलोमिटरको परासन, त्रिभुवनबस्ती कलुवापुर सडक खण्डको साढे ४ किलोमिटर कालोपत्रे भएको बताए ।

यस बाहेक अन्य आठ वटा सडकहरुको भौतिक प्रगती १५ देखी ५० प्रतिशत मात्रै रहेको छ । कैलालीमा भारतको चन्दनचौकी तुलसीवारी कनरी ३५ किलोमिटर सडकमा सबैभन्दा कम १५ प्रतिशत भौतिक प्रगती भएको छ ।

२७ किलोमिटरको बौनीया–झपई–मौरियाघाट सडकमा २० प्रतिशत, झण्डै २६ किलोमिटर लम्बाई रहेको डुडेझारी–टीकापुर सडक र वौनीया–भजनी–गुलरियाघाट ९ किलोमिटर सडकमा ३० देखी ३५ प्रतिशत मात्रै भौतिक प्रगती भएकोसडक डिभिजन कार्यालयका कञ्चनपुर, ईकाई धनगढीका ईन्जिनियर महेन्द्र पन्तले जानकारी दिए ।

कञ्चनपुरमा २५ किलोमिटरको भुराकोट बेलौरी, गुलरीया सडकको भौतिक प्रगती ३५ प्रतिशत, ३१ किलोमिटरको खजुरी भन्सार, बेलौरी दैजी सडकको ५० प्रतिशत, २४ किलोमिटरको दोधार सुन्दरनगर झोलुङगेपुल एयरपोर्ट सडकको १८ प्रतिशत र  २५ किलोमिटरको पिपलचौतारा देविस्थान झोलुङगे पुलमा २० प्रतिशत मात्र काम सम्पन्न सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

२ वर्षे निर्माण अवधि तोकेर पहिलो चरणमा सबै सडकमा सीमित लम्बाई मात्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएपनि निर्माण व्यवसायीको ढिलाईका कारण सोचे अनुसारको काम हुन नसकेको हो ।

तर निर्माण व्यवसायीले भने निर्धारित समयमै काम सक्ने दाबि गरेका छन् ।

कैलालीको मौरियाघाट बौनीया सडक र चन्दनचौकी चौमाला सडक निर्माणको जिम्मा पाएको नार्गाजुन कन्सट्रक्सनका सञ्चालक ईश्वरी भट्टले पहिलो वर्ष डिजाईन सर्भे गर्नुपर्ने हुदा ढिलाई भएपनि यसवर्ष भने कामले गति पाउने बताए ।

हुन त २ सय १ किलोमिटर सीमा सडक मध्ये पहिलो चरणमा केही किलोमिटर सडक मात्र निर्माण थालिएको हो ।

तर पनि सोचे अनुसाको प्रगती भने भएको छैन् ।

निर्माण व्यवसायीलाई सडक निर्माणलाई तिव्रता दिन पटक पटक परिपत्र गरिएको, फेरी पनि काममा ढिलाई भए ताकेता गर्ने सडक डिभिजन कार्यालयका कञ्चनपुर, ईकाई धनगढीका ईन्जिनियर महेन्द्र पन्तले बताए ।

९ वटै सडकहरुको निर्माण सम्पन्न भएमा कैलाली, कञ्चनपुरको आर्थिक विकास संगै पर्यटन विकासमा पनि ठुलो टेवा पुग्ने विश्वास गरीएको छ । तर निर्माणमा भईहरको ढिलाईले समयमै सडकले पूर्णता पाउनेमा आशंका उत्पन्न भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles