29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै तरुण दलको प्रदर्शन

धनगढी, साउन ८ गते ।

शनिबार काठमाण्डौँमा भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नेपाल तरुण दलले आइतबार धनगढीमा विरोध प्रदर्शन गरेको छ । काठमाण्डौँमा शनिबार अनशनरत डा. गोविन्द केसीको समर्थनमा तरुण दलले विरोध प्रर्दशन गरेको थियो ।

उक्त प्रर्दशनमा तरणदल अध्यक्ष जितजंग बस्नेत लगायत नेता कार्यकर्ता घाइते भएको थिए ।

धनगढीको वनदेवी मन्दिर स्थित काँग्रेस पार्टी कार्यालयबाट नारावाजी गदैँ सुरु भएको विरोध प्रर्दशन जिल्ला प्रशासन कार्यालय पुगेर कैलालीले प्रमुख जिल्ला अधिकारीलाई बावुराम श्रेष्ठलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

जिल्ला प्रशासनबाट सरकारको विरद्ध नारावाजी गर्दै पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो ।

केसीको माग पूरा गर्नु छोडेर उल्टै तरुण दलका कार्यकर्ता माथि वर्तमान लाठी चार्ज भएको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको हो । कोण सभालाई सम्बोधन गदैँ जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमले वर्तमान सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै घाईतेको उपचार गर्नुपर्ने माग राखे ।

उनले डा.केसीका माग जनताको पक्षमा भएकाले सरकारले उनका सम्बोधन नगरिए कडा आन्दोलनको चेतावनी समेत दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles