35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

‘हेर्दा हेर्दै बुहारी चढेको जीप खोलाले बगायो’

पाल्पा : ‘दाई जिप माडी फाँटको तिनाउ खोलामा फस्यो म श्रीमती सहित पाँच जना छौ चाडो आएर बचाउनुस’ जिप चालक शक्तिले आत्तिदै राती १२ बजेर ५४ मिनेटमा फोन गरेका थिए । तानसेन नगरपालिका वडा नं. १ का चालकका दाजु सम्पूर्ण श्रेष्ठले भन्नुभयो ‘मैले फटाफट प्रहरी प्रशासनमा फोन गरे,प्रहरी प्रशासनले घटनास्थल नजिकै रहेको प्रभास प्रहरी चौकीको नम्वर दिनुभयो र फोन गरे । मलाई उल्टै प्रहरीले थर्काउदै भन्नुभयो ‘पानी परेको बेला किन रातीमा गाडी चलाएको ?’

सत्य सेवा सुरक्षणमको नारा बोकेको प्रहरीको रुखो बोलीलाई नरम बनाउने प्रयास गर्दै सम्पूर्णले फकाउने प्रयास गर्नुभयो । ‘जे भएपनि पहिला उद्धार गर्नुपर्यो,चाडो जानुस न भन्दै फोन राखे । म डोरी खोजी साथीभाई आफन्त लाई लिएर माडी फाँट तिनाउँ खोलामा पुगे,भाई चिच्चाई रहेको थियो । बचाउनुस बचाउनुस भन्दै । घटनास्थल पुग्दा साढे १ बजेको थियो’ सम्पूर्णले घटना विवरण सुनाउनुभयो‘फटाफट ढुंगा बाँधेर जिपको छतमा रसी फाले, दोस्रो पटक फालेको रसी समातेर भाई शक्ति बाहिर आयो अन्यलाई बचाउन खोज्दा रसी चुट्यो र हेर्दा हेदै बुहारी उषासहित चार जना चढेको जिपलाई बाढीको भेलले कता लग्यो कता ? थाहै भएन ।’

रातीको सवा एक बजेको समयमा भाई शक्ति श्रेष्ठलाई बल्ल बल्ल बचाइए पनि बुहारीसहित अन्य चार चढेको जिपलाई तिनाउँ खोलाको बाढीले हेर्दा हेदै बगाएको उहाँले बताउनुभयो । ‘समयमा प्रहरी आईदिएको भए बुहारीसहित चार जनाको ज्यान बच्ने थियो’ उहाँले भन्नुभयो‘प्रहरी प्रशासनलाई समयमा खवर गर,े तर घटना घटेपछि मात्र प्रहरी आयो । बाढी आएको खोलामा डेढ घण्टासम्म जिप फस्दा समेत प्रहरी आएन । जिप बगाएको आधा घण्टापछि मात्र घटनास्थल नजिकै रहेको प्रभास चौकीबाट प्रहरीको भ्यान आयो । त्यसपछि जिल्लाका अन्य सुरक्षाकर्मीका गाडी आए । समयमा प्रहरी आएको भए बुहारीसहित चार जना बच्ने थिए ।’

समयमा खवर गरेपनि प्रहरीले चासो नदिदा बुहारी सहित अन्य ३ जना सथीभाई गुमाउनु परेको गुनासो सुनाउँदै सम्पूर्णले अन्नपूर्णसँग भन्नुभयो ‘पाँच किलोमिटर नजिकै रहेको प्रहरी भने घटना घटेको २५ मिनेटपछि मात्र आयो । त्यसपछि जिल्लाका पुलिस, सशस्त्र र सेनाको टोली आए ।’

‘लगातारको बर्षाले खोलामा पानी बढेका कारण जिप र बेपत्ता भएका परिवारका सदस्यहरुको खोजी कार्यमा कठिनाई भएको उहाँले बताउनुभयो । ‘सिङ्खो सुरक्षा टिम संवेदनशिल भएर खोजी कार्यमा लागेको छ,घटनास्थलदेिख बुटवलसम्म सुरक्षाकर्मी परिचालन गरी जिप र वेपत्ताको एक सुत्रीय खोजीमा लागेका छौ’ प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताउनु भयो । वेपत्ता खोजिका लागी स्थानीयबासी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पाल्पा देखी बुटवलका विभिन्न स्थानमा परिचालन भएका छन ।

बाढीले लु १ ख १२१७ नम्वरको जिप बगाउदा तानसेन नगरपालिका वडा नम्बर १ भुसालडाडाकी २९ बर्षीय उषा श्रेष्ठ, बगनासकाली गाउँपालिका वडा नम्बर ३ नायरका ४० बर्षीय पदम बहादुर कुवँर, माथागढी गाउँपालिका वडा नंम्बर १ चिदिपानीका ५१ बर्षिय तिलबहादुर गाह उहाँकी श्रीमती ४० बर्षिया मायाँ गाहाँ वेपत्ता भएका छन् ।

लगातारको बर्षाले खोला बढेका कारण जिप र बेपत्ताको व्यक्तिको खोजी कार्यमा कठिनाई भएको छ । बेपत्ता हुने तिल बहादुर जिल्ला वन कार्यालय,उहाँकी श्रीमती जिल्ला कृषि विकास कार्यालय र पदम रामजाली फर्निचर तानसेनमा कार्यरत हुनुहुन्थ्यो । चालककी श्रीमती उषा भने रातीको समयमा श्रीमानलाई साथीको रुपमा जानु भएको थियो । जिप कसेनीको सराईबाट सदरमुकाम तानसेन तर्फ आउदै थियो ।

घटना भएको बासटारी झडेवा गोठादी हुदै रुपन्देहीको खैरेनी जोड्ने यो सडकमा एउटा पनि पक्की पुल छैन । बर्षायाममा चालकले जोखिम मोलेरै सवारी साधन खोलामा हाल्नु पर्ने बाध्यता छ । यस सडक अन्तरगत तिनाउँ खोला खहरे खोला, गोठादी खोलामा पक्की पुलको आवश्यकता भएपनि जिल्ला सडक डिभिजन कार्यालयले ध्यान दिन सकेको छैन । उक्त सडक क्षेत्र क्षेत्रमा डिभिजन सडक कार्यालयले माडीचक्रपथ निर्माणको काम गर्दै आएको छ भने सडक विभाग पाल्पाको जिम्मेवारीमा रहेको बासटारीदेखि रुपन्देहीको खैरेनी सम्मको सडक अवस्था दयनीय छ । माडी फाँटको तिनाउ खोलामा पक्की पुल नहुदा बर्षेनी सवारी साधन बगाउदै आएता पनि सम्वन्धित निकायले पुल बनाउन चासो दिएका छैनन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles