34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

अपिहिमाल गाउँपालिकाको वडा नम्वर ४ का स्थानीय पहिरोको उच्च जोखिममा

दार्चुला, साउन ४ गते ।

दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्वर ४ का स्थानीय पहिरोको उच्च जोखिममा परेपछि त्रिपालमा बस्दै आएका छन्।

गत सोमबार आएको वर्षाका कारण विस्थापित स्थानीय त्रिपालमा बस्दै आएका हुन। गैरी र खत्तोली बस्तीका स्थानीय अहिले त्रिपालमा बस्दै आएका स्थानीय पोखरसिंह रोकायाले जानकारी दिए।
गाउँ भन्दा माथि आरसिआई डब्लुले सडक खन्दा पहिरो आएको हो। गाडी गुडाउनेगरी गत वर्षमा सडक खनिएको थियो। पहिरोका कारण अहिले स्थानीयलाई राती बस्नै समस्या भएको छ।

गाउँ भन्दा माथि दरार परेको छ भने ठूला ठूला चट्टान खस्ने अवस्थामा रहेको स्थानीय मोहनसिह रोकायाले बताए।
पानी निरन्तर पर्ने गरेको कारण राती बस्न सकिने अवस्था छैन्।

अहिले झण्डै २०÷२५ बढि परिवार गाउँ भन्दा पर खेतमा गएर त्रिपाल मुनी बसेका छन्। खत्तोलीका १९ बढि परिवार अहिले त्रिपालको सहारामा छन्।

स्थलगत अध्ययनको लागि गएको टोली गोकुलेश्वरबाटै फर्कियो
यसैबीच अपिहिमालको बाढिपहिरोको स्थलगत अध्ययनको लागि पठाएको टोली बीच बाटोबाटै फर्किएको छ।

गोकुलेश्वरदेखि लटिनाथ पुग्न नसकिने अवस्था भएपछि स्थलगत अध्ययनको लागि पठाइएको टोली फर्र्किएको हो। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले रेडक्रसको नेतृत्वमा सिआरसिडस सहितको टोली अपिहिमालको स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न पठाएको थियो।
गोकुलेश्वरदेखि लटिनाथ पुग्न नसकिने गरी बाटो भत्किएको कारण देखाउँदै टोली बैतडीको सिमारबाटै फर्किएको रेडक्रसका मन्त्रि दिपक प्रसाद अवस्थीले बताए।

सडक भत्किएको र ठाउँ ठाउँमा पहिरो गएका कारण माथि जान नसकेको उनले बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles