32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

धनगढीमा ४० करोडको लागतमा एक हजार जना अटाउने सिटी हल निर्माण हुँदै

धनगढी, साउन ३ गते ।

धनगढीमा ४० करोडको लागतमा झण्डै एक हजार जना अटाउने क्षमताको सिटी हल निर्माण हुने भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ८ मा सिटी हल निर्माणका लागि टेण्डर आव्हान भएपछि निर्माणको काम अगाडी वढेको हो ।

असारको अन्तिम साता खोलिएको टेण्डरको अहिले प्राविधिक प्रस्ताव मुल्यांकनको काम भईरहेको छ ।

शहरी विकास भवन निर्माण विभागले सिटी हल निर्माणको कार्यक्रम रातो कितावमा पारेपछि दुई वर्षदेखि जग्गाको खोजी हुँँदै आएकोमा  वडा नम्वर ८ को धनगढी माविले जग्गा दिने सहमति वनाएपछि सिटी निर्माणको काम अगाडी वढेको छ ।

धनगढी उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ध्यानकुमार थापाको पालामा धनगढी माविसँग जग्गा दिने र त्यो वापत उपमहानगरपालिकाले ५ वर्षमा एक करोड रकम विद्यालयको संरचना निर्माणका लागि दिने सहमतिभएपछि जग्गाको टुंगो लागेपछि डिजाईन वनाएर निर्माणको लागि काम अगाडी वढेको हो ।

२०७३ सालमै शहरी विकास भवन निर्माण विभागले रातो कितावमा धनगढीमा सिटी हलको निर्माणको योजना समावेश गरेकोमा त्यसको दुई वर्षपछि निर्माणको काम सुरु हुन लागेको हो ।

विभागको सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत एक हजार जना अटाउने क्षमताको सिटी हल निर्माणका लागि आवश्यक जग्गा प्राप्ति र डिजाईन वनाउन भएको ढिलाईले कार्यक्रम स्वीकृत भएको दुई वर्षपछि कार्यान्वयनमा जान लागेको हो ।

धनगढी माविले दिएको दुई विगाह क्षेत्रफलमा सात ५० जना अटाउने एउटा ठुलो हल र दुई सय ५० जना अटाउने अर्को सानो हल निर्माणका लागि टेण्डर आव्हान भएकोमा अहिले प्राविधिक प्रस्तावको मुल्यांकनको काम भईरहेको योजना कार्यन्वयन गरिरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका ईन्जिनियर त्रिलोक जोशीले वताए ।

कार्यक्रम स्वीकृत भएको पहिलो बर्ष अर्थात २०७३ सालमा सिटी हलको डिजायन तयार पार्न १० लाख विनियोजन भएकोमा सो रकमवाट डिजाईन वनाईएको थियो ।

सिटीहल वनाउका लागि पुरानो एयरपोर्टमा रहेको मुक्त कमैया वस्ती, धनगढी माविको जग्गा लगायतका धेरै स्थान हेरिएकोमा अन्त्यमा धनगढी माविकै जग्गामा सहमति वनेको थियो ।

धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहने सिटी हलका लागि आवश्यक पर्ने जग्गा धनगढी माविले दिने र सो वापत ५ वर्षमा उपमहानगरपालिकाले झण्डै एक करोड रकम भवन र सटर सहितको सपिङ कम्पलेक्स निर्माणका लागि दिने सहमति भएको थियो ।

सोही सहमति अनुसार पहिलो वर्षको लागि चार कोठे भवन डिजाईन स्टिमेट अनुसार निर्माण सम्पन्न भएको छ ।

सिटी हल निर्माणका लागि टेण्डर आव्हान भएसँगै अवको दुई वर्षमा सिटी हलको निर्माण सम्पन्न गर्ने योजना वनाईएको छ भने चार वर्षमा २० कोठे सटर सहितको सपिङ कम्पलेक्सको काम पनि सम्पन्न हुने धनगढी माविका प्राचार्य लक्ष्मणदत्त भट्टको भनाई छ ।

लामो समयपछि योजना कार्यान्वयनका चरणमा पुगेपछि सार्वजनिक कार्यक्रम गर्नका लागि सरकारी सभाहलको अभाव रहेकोमा अव त्यो अभावलाई यसले हटाउने आशा गरिएको छ ।

प्राविधिक प्रस्तावको मुल्यांकन अहिले भईरहेको छ भने यसपछि आर्थिक प्रस्तावको मुल्यांकन पछि निर्माण कम्पनीसँग सम्झौता गर्दै निर्माणको कार्यादेश दिईने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका ईन्जिनियर त्रिलोक जोशीले वताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles