35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

प्रहरी निरीक्षक नै मुछिए काठ चोरीमा

विमल विष्ट, डोटी, साउन ३ गते ।

रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई काठ चोरीको आरोप लागेको छ ।

प्रहरी प्रमुख नै काठ चोरीमा संलग्न भएको भन्दै स्थानियबासीले बिपिनगर स्थित प्रहरी कार्यालय घेराउ गरेका छन् ।

प्रहरी निरिक्षक बोहराको संलग्नतामा चोरी भएको भन्दै सिसौको काठ सहितको ट्रायाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् ।

प्रहरी निरीक्षक बोहराले ५३.९ क्यू फिट सिसौंको काठ तस्करी गरेर ट्रायाक्टरमा लोड गरेको सूचना पाएपछि स्थानीय यूवाहरुले काठ नियन्त्रणमा लिएको बडिकेदार गाउँपालिका–१ बिपिनगरका स्थानिय तथा काठ पक्राउ गर्ने मध्येका एक जना युवा लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठ चोरी गर्नमा प्रयोग गरिएको से १ प ५१८९ नम्बरको ट्रायाक्टर समेत स्थानीयले नियन्त्रणमा लिएका छन् ।

प्रहरी निरिक्षक बोहराले काठ लोड गर्नका लागि आफु मातहतका प्रहरी कर्मचारी प्रयोग गरेका थिए ।

काठमाण्डौंमा घर बनाउदै गरेका प्रहरी निरिक्षक बोहराले सिसौंका गोलिया घनगढीका मिलहरुमा लगेर चिरान गरी काठमाण्डौं लैजाने योजना अनुसार चोरी गरेको स्थानीयको आरोप छ ।

स्थानीयले नियन्त्रणमा लिएको काठ र ट्याक्टरलाई ईलाका बन कार्यालय बिपीनगरले नियन्त्रणमा लिएको छ ।

चोरीमा संलग्न प्रहरी निरीक्षक बोहरालाई कारवाहीको माग राख्दै स्थानीयले ईलाका प्रहरी कार्यालय बिपीनगरमा धर्ना समेत दिएका छन् ।

त्यसैगरी इलाका बन कार्यालय बिपीनगरले प्रहरी निरीक्षक बोहरा बिरुद्ध काठ चोरीको मुद्दा दर्ता समेत गराएका छन् ।

सेक्टर बन कार्यालय बुडर डोटीका सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले प्रहरी निरिक्षक बोहराले काठ चोरेको भन्दै निबेदन दर्ता गराएको बताउनुभयो ।

उहाँले भन्नु भयो ‘काठ चोरेको भन्ने स्थानियको उजुरी आएको छ, छानबिनका लागि टोली खटाउदै छौ, सत्य तत्थ्य केहो टोलीको रिपोर्टपछि थाहा हुन्छ ।’ ‘प्रमाणित भएमा प्रहरी निरीक्षक बोहरालाई अबैध रुपमा काठ ओसार पसार सम्वन्धी कसुरमा कारवाही हुन्छ, सहायक वन अधिकृत डिसिले थप भन्नु भयो ‘काठ चोरेको प्रमाणित भए बिगो जफत गरी दोब्बर जरीवाना हुन्छ ।’

उता जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले घटनाको बारेमा बिस्तृत अध्यन तथा अनुसन्धान भईरहेको बताउनु भयो ।

‘काठ चोरेको हो भन्ने स्थानियको आरोप छ, छानबिनका लागि प्रहरी निरिक्षक धुर्बबहादुर विष्टको संयोजगत्वमा टोली खटााएका छौ उहाँले भन्नु भयो ‘आरोपित भनिएका प्रहरी निरिक्षक बोहरालाई अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय दिपायल झिकाएका छौ,गलत गरेको प्रमाणि भए,बिभागिए कार्वाहि हुन्छ ।’

काठचोरीमा संलग्न भनिएका प्रहरी निरिक्षक नृपबहादुर बोहरा संग यस बिषयमा थप बुझन खोज्दा सम्पर्क हुन सकेन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles