23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको डीपीआर तयार

डडेल्धुरामा उग्रतारा रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

निर्माणका लागि सर्वे र परीक्षण भएको र डीपीआर पनि तयार भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख डम्बर भण्डारीले जानकारी दिए । डीपीआर तयार भए पनि अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको छ । अमरगढी–६ भजनेउटामा क्रिकेट मैदान र अमरगढी–५ टुडिखेल नजिकै धोबिखोलामा उग्रतारा रंगशाला निर्माण हुने भएको हो । डडेल्धुराबाट अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडीले प्रतिस्पर्धा गरेपनि अहिलेसम्म खेलकुद मैदान छैन ।

पहिलो पटक डडेल्धुरामा रंगशाला र क्रिकेट मैदान निर्माणको काम अघि बढ्दा स्थानीय वासिन्दा हर्षित भएका छन् । अहिले ६ वटा डडेल्धुराका विद्यालयमा खेलकुद मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । खेलकुद मैदान निर्माण भइरहेका ६ वटा विद्यालयमध्ये उग्रतारा मावि पोखरा, भागेश्वर मावि टाँटर, घटाल मावि नुवाकोट, असिग्राम मावि रुवाखोला, भागेश्वर आधारभूत विद्यालय सतिगाउँमा ३/३ लाख रुपैयाँ र भात्काँडामा रहेको सरस्वती माविमा खेलमैदान निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख भण्डारीले बताए ।

प्रदेश नम्बर ७ का पहाडी ७ वटै जिल्लाको अनुगमनमा रहेको युवा तथा खेलकुद मन्त्रालयको उपसचिवसहितको टोलीले डडेल्धुरामा पूर्वाधारसँगै खेलकुदका क्रियाकलाप अगाडि बढेको भन्दै खुसी व्यक्त गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles