27 C
Mahendranagar
Wednesday, April 17, 2024
spot_img

धनगढी उपमहानगरमा कांग्रेस विजयी

प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार५ सय २७ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्टले १७ हजा ४ सय ८मत ल्याइ विजय हासिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार७ सय ६३ मत पाइन् । एमालेका प्रमुख पदका उम्मेदवार दुर्गा जोशी भने चौथो स्थानमा मत ल्याएका छन् । जोशीले ९९४६ मत ल्याए भने माओवादीका रामसमझ रानाले १०२२९ मत ल्याए ।

नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख सहति १२ वटा वडामा पनि विजय भएको छ । नेपाली कांग्रेसले १, २, ४, ५, ७, ८, ९, १०, १२, १३, १६ र १७नं वडामा विजय हासिल गरेको छ । दोस्रो स्थानमा नेकपा एमालेले दुइ वडामा मात्र सिमिति हुनु परेको छ । एमालेले १४ नं र १९ नं वडामा विजय हासिल गरेको छ । माओवादी केन्द्रले भने अप्रत्याशीत जित हासिल गर्दै ५ वटा वडामा कब्जा जमाएको छ । माओवादी केन्द्रले ३, ६, ११, १५, १८ नं वडामा जित हासिल गरेको छ ।

७६ हजार ४ सय ३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६ सय ५६ मत खसेको थियो । जसमध्ये प्रमुखमा ३ हजार ९ सय ८३ मत बदर भयो भने उप मेयरमा २ हजार ६ सय ८९ मत बदर भयो ।

 

 

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles