30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

महाकाली अञ्चल अस्पतालमा तीन वर्षअघि खरिद गरिएका आईसियु उपकरण अलपत्र

महेन्द्रनगर, असार २४।

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा तीन वर्षदेखि आईसियु मेसीन थन्किएको छ। तीन वर्ष अगाडी अञ्चल अस्पतालले आईसियु खरिद गरेपनि जडान नगरे त्यतिकै थन्काएको छ। अञ्चल अस्पतालले सघन उपचार कक्ष आईसियु सेवा सञ्चालन गर्ने भन्दै २०७२ सालमा उपकरण खरिद गरेको थियो। तर आईसियु सञ्चालन त कता हो कता, तीन वर्ष बितिसक्दा उपकरण समेत जडान नगरी त्यतिकै थन्काईएको हो।

जसका कारण कञ्चनपुरबासीको आईसियु सेवा पाउने सपना सपनामै सीमित भएको छ। आईसियु सञ्चालनमा नआउदा कञ्चनपुर सहित महाकाली अञ्चलबासीले आईसियु सेवाका लागि सीमावर्ती भारतीय बजार र धनगढी, नेपालगञ्ज लगायतका अस्पताल धाउनुपर्ने बाध्यता छ।

कञ्चनपुरका युवा गणेशसिह ऐरीले आईसियु सुचारु नहुदा गम्भीर प्रकृतिका विरामीलाई समस्या भएको बताए। उनले सम्बद्ध निकायको पहलमा आईसियु शिघ्र सञ्चालन हुनुपर्ने माग गरे। महाकाली अञ्चल अस्पतालले आईसियु सेवा सञ्चालनका लागि उपकरण खरिद गरेका बेला कैलालीको सेती अञ्चल अस्पतालले समेत आईसियु सेवा सुचारु गरेको थिएन्।

तर सेती अञ्चल अस्पतालले आईसियु सेवा सुचारु गरेको करिब ३ वर्ष पुग्दा पनि महाकाली अञ्चल अस्पताल विभिन्न बहानाबाजीमै अड्किएको छ। जसका कारण गम्भीर प्रकृतिका बिरामीले आईसियु सेवाका लागि टाढा टाढाका अस्पताल धाउनुपर्ने बाध्यता छ।

© दिनेश खबर

आईसियु सेवा सञ्चालन नभएकै कारण यो बिचमा कञ्चनपुरमा गम्भीर प्रकृतिका बिरामी र दुर्घटनामा परेका धेरैले अकालमै ज्यान गुमाईसकेका छन्। अझ वर्षातका बेला सर्पदंशका बिरामी बढेपनि अस्पतालले उनीहरुलाई अन्यत्र रेफर गर्ने गरेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए।

अञ्चल अस्पताल स्थापनाको ३ दशक पुग्दा समेत दरबन्दी अनुसारका चिकित्सकको अभाव झैल्दै आएकोमा आईसियु सेवा सञ्चालनमा पनि सोही कारण देखाउदै अस्पताल प्रशासन र अस्पताल विकास समितिका पदाधिकारी पन्छिरहेका छन्। आईसियु सेवा सञ्चालनका लागि छुट्टै विशेषज्ञ चिकित्सक सहितको टोली आवश्यक पर्ने तर अस्पतालसँग जनशक्ती अभाव भएकै कारण उपकरण थन्काउन बाध्य भएको सूचना अधिकारी अवस्थीले बताए।

यता, महाकाली अञ्चल अस्पताल विकास समितिले भने आईसियु सेवा सञ्चालनका लागि नेपाल मेडिसिटी हस्पिटलसँग सहकार्य गरिरहेको जनाएको छ। मेडिसिटी हस्पिटलबाट आएको ४ जना विशेषज्ञ चिकित्सकको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको छ। अवको साउन एक गतेदेखि आईसियु सेवा सुचारु हुने दावी गर्दै महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles