39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

अछाममा अवैध घरेलु मदिरा नियन्त्रणमा, प्रहरीले सक्रियता बढाए

अछाम, असार २४ गते ।
जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ ।

दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले मंगलसैन नगरपालिकाको वडा नं ४ मा रहेको सिर्जना चोक आसपास र वडा नं ५ को मंगलसैन बजारमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको हो ।

अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ ९पास० र अवैध घरेलु मदिरा गरी ४०० लिटर नष्ट गरेको प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले बताउनुभयो ।

अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडावर्तनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मदिराका कारण अछाममा झै–झगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाइएको छ ।

कतिपय स्थानीय तहले मदिरालाई बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । निर्णय गरे पनि मदिराको उचित व्यवस्थापन हुन सकेको छैन । प्रहरीले अछामका विभिन्न क्षेत्रमा टोलटोलमा प्रहरी कार्यक्रम पनि जारी राखेको छ ।

विगतमा मदिरा निशेधित क्षेत्रका रुपमा रहेको अछाम जिल्लामा अहिले अवैध घरेलु मदिरा खुलारुपमा बिक्री वितरण गर्ने गरिएको छ ।
घरेलु मदिराका कारण हुने विभिन्न किसिमका घरेलु हिंसा र जघन्य अपराध रोक्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्दै आइरहेको प्रहरी नायब उपरीक्षक ताण्डुकारले बताउनुभयो ।

अवैध घरेलु मदिरा धेरैजसो अछाम जिल्लाको सान्तडा, विनायक, मंगलसैनलगायतका क्षेत्रमा पाइने गरेको र यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले अपरेशन जारी राखेको छ । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles