28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

डोटीमा करेन्ट लागेर एकै गाउँका चार जनाको मृत्यु

धनगढी असार १९

डोटीको आदर्श गाउँपालिकामा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

विद्युतको पोल बाङगो भएपछि सोझो बनाउने क्रममा करेन्ट लागेर चार जनाको मृत्यु भएको हो भने एक जन घाईते भएका हुन् ।

स्थानीय बलु खड्काका अनुसार वडा नम्वर १ चासीका बर्ष ३० का जयन्द्र खड्का, बर्ष २३ का प्रहरि जवान लोकेन्द्र खडका, बर्ष २४ का बिरेन्द्र खड्का र २४ बर्षका दिप बहादुर खड्काको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।

बम वहादुर खड्का गम्भीर घाईते भएकाले उपचारका लागि शैलेश्वरी स्वास्थ्य चौकी पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट घटनास्थलमा प्रहरी खटाईएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles