29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

कान्द्रा नदीको बाढीले भजनीका २ सय परिवारको विच्चली

कैलाली, असार १९ ।

लगातारको वर्षाले कैलालीको कान्द्रा नदीमा आएको बाढीले भजनीका २ परिवारको विच्चली भएको छ ।

बाढीले घर डुबानमा परेपछि भजनी नगरपालिका ५ लौवस्थाका २ सय परिवार विच्चलीमा परेका हुन् ।

उनीहरुलाई स्थानीय विद्यालय र सुरक्षित भवनमा सारिएको भजनी नगरपालिकाले जनाएको छ ।

बाढी बढ्न सक्ने तर्फ सचेत गराउदै नगरपालिकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ ।

स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।

तत्काल राहत हुने खाद्य र वस्ने सामान सहित पिडितहरु रहेको स्थानमा पुगेको नेपाल रेडक्रस कैलालीले जनाएको छ ।

-दिनेश खबर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles