32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

अस्तव्यस्त धनगढी–अत्तरीया सडकमा जोखिम बढ्यो, सडकबाटै बगेका एक जनाको उद्धार

धनगढी असार १९

बर्षाका कारण निर्माणाधिन मोहनापुल–अत्तरीया ६ लेन सडकमा अहिले सम्म पनि आवतजावत ठप्प छ ।

सडकमा निर्माण भईरहेका कल्र्भटमा पानी भरिएर सडकमै खोलाको भन्दा बढि पानी बग्न थालेपछि सोमवार दिउसोदेखि नै आवतजावत अवरुद्ध भएको हो ।

आईतवार रातीदेखिको बर्षाले ६ लेन सडक अन्तरगत अस्तव्यस्थ बनेको धनगढी–अत्तरीया खण्डमा जोखिम बढ्दै गएको छ ।

६ लेन सडक अन्तरगत अत्तरीया नगरपालिकाको गेटामा कल्भर्ट निर्माण गर्दा बनाईएको बैकल्पीक बाटोमै खोलाको भन्दा बढि पानी बग्न थालेपछि आवतजावत गर्दा जोखिम बढाएको छ ।

आवतजावत गर्दा पानीले बगाउन थालेपछि आवतजावत बन्द गरिएको छ भने हिजोदेखि नै सडक सुचारु गर्ने प्रयास भएपनि सफल हुन सकेको छैन् ।

हिजो मात्रै एकजनालाई सो सो स्थानमा पानीले बगाएको थियो । बर्दीमै रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक अनिल उप्रेती लगायतले उनको उद्धार गरेका थिए । हिजो सो ठाउँमा एउटा स्कुटी पनि बगाएको थियो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र निर्माण व्यवसायीले सो स्थानमा ह्युमपाईप हालेर सडक सुचारु गर्ने तयारी गरेपनि माटो धस्न थालेपछि अहिले सम्म पुर्ण रुपमा सडक सुचारु भएको छैन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles