30.5 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

शुक्लाफाँटाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।

असार १४ गते भएको दोस्रो चरणको निर्वाचनवाट निर्वाचित भएका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले सपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित नगर प्रमुख दिल वहादुर ऐर, उपप्रमुख तुलसी हमाल लागाएत १२ वटै वडाका वडाअध्यक्षलाई शुक्लाफाँटा नगरपालिकाका निर्वाचन अधिकृत प्रेम सिंह कुवँरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

त्यस्तै शुक्लाफाटा नगरपालिकाका १२ वटै वडाका सदस्यलाई नवनिर्वाचित नगर प्रमुख दिल वहादुर ऐरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

नवनिर्वाचित जनप्रतिनिधिले जनताको चाहना अनुसार विकास निर्माणका कामलाई अघि बढाएर लैजाने बताएका छन् ।

जनप्रतिनिधिको कार्यालय व्यवस्थीत गर्न केही समय लाग्ने बताउदै नगरपालिकाका कार्यकारी अधिकृत शेर बहादुर बुढाले शुक्रबार जनप्रतिनिधिले पदभार ग्रहण गर्ने बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles