36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

फरुवाले हानेर शसस्त्रका हवल्दारले गरे श्रीमतीको हत्या

कञ्चनपुर, १२ असार ।

कञ्चनपुरमा एक व्यक्तिले आफनै श्रीमतीको हत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका, ८ तिलाचौरका ३७ वर्षका केशव कार्कीले ३६ वर्षकी सरस्वती कार्कीको मगलवार विहान खेतमा फरुवाले हानेर हत्या गरेका हुन ।

प्रहरी उपरिक्षक डिल्लीराज विष्टले खेतमा काम गरिरहेका बेला सामान्य विवाद हुदा फरुवाले हान्दा सरस्वतीको घटनास्थलमै मृत्यु भएको बताए । उनले घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रहरीले श्रीमतीको हत्या गर्ने केशवलाई नियन्त्रणमा लिएको छ । स्रोतमा अनुसार ३७ वर्षका केशव सशस्त्र प्रहरीको हवल्दार रहेको बुझिएको छ ।

उनी दाङमा रहेको सिमा सुरक्षा बल लमहीमा कार्यरत थिए भने केही दिन अघि मात्रै रोपाई गर्नका लागि घर आएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles