27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

डाईभर्सनका लागि खनिएको खाल्डोमा जिप खस्दा ४ जना घाईते

अत्तरिया असार ०५ ।

मोहनापुल अत्तरिया ६ लेन सडकमा निर्माण भइरहेको डाइभर्सनका लागि खनिएको खाल्डोमा जिप खस्दा ४ जना भारतीय नागरीक घाइते भएका छन् ।

अत्तरिया स्थित मनिषा पेट्रोल पप्प नजिकैको खाल्डोमा गएराती साढे ९ बजेतिर युपि ११ एक्स ७८०६ नम्बरको जीप खाल्डोमा खस्दा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते हुनेमा भारतीय नागरिक आशिष अवदुल इस्मान, सरप राज र चालक कासिव शैद रहेको प्रहरीले जनाएको छ ।

निर्माणमा भईरहेको ढिलाईका कारण ६ लेन सडकका डाइभर्सन र खाल्डाखुल्डीमा दैनिकी दुर्घटना भइरहेका छन् ।

शनिबार राति पनि बोराडाँडी स्थित निर्माण भइरहेको डाइभर्सनमा एउटा मोटरसाइल खसेको थियो भने आईतबार दिउँसो सोही स्थानमा निर्माण व्यवसायी नार्गाजुन निर्माण सेवाको ट्रिप्पर पनि फसेको थियो ।

निर्माण व्यवसायीले डाईभर्सन निर्माण भईरहेको स्थानमा स्पष्ट संकेत नराख्दा रातिको समयमा दुर्घटनाको जोखिम बढेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles