42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कक्षा कोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन प्रभावित

धनगढी, असार ४

शिक्षकले कक्षामा पढाउदै गर्दा कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि कैलालीको एक विद्यालयको दैनिक पठनपाठन प्रभावित हुन थालेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका अन्तर्गत वडा नम्वर ३ खैरेनी स्थित जगदम्बिके भगवती माविमा विद्यार्थी पढ्दै गर्दा मुर्छा पर्न थालेपछि विद्यालयको नियमित पढाई प्रभावित हुन थालेको हो ।

गएको बर्षदेखि यो समस्या हुन थालेको विद्यालयले प्रशासनले जनाएको छ । सुरुमा एकदुई जना विद्यार्थीमा मात्रै यस्तो लक्षण देखिएको भएपनि अहिले बिरामी विद्यार्थीहरुको संख्या बढ्दै गएको विद्यालयको भनाई छ ।

अघिल्लो जेठ महिना यता झनै हरेक दिन समस्या देखिन थालेको विद्यालयले जनाएको छ । सोमबार मात्रै ६ जना छात्रा बेहोस भएका छन् । विद्यालयमा कक्षा ३ देखि ९ सम्म अध्ययनरत ८ देखि १० जनासम्म विद्यार्थी छात्रामा यो समस्या हुने गरेको छ । खासगरी गर्मीयामको बैशाख, जेठ र असार महिनाको अवधिमा यो समस्या धेरैजसो देखापर्न थालेको छ ।

निमित्त प्रधानाध्यापक दिलराज गौतमका अनुसार पढ्दै गरेका विद्यार्थी छात्राहरु अकस्मात मुर्छा पर्ने, अर्धचेत अवस्थामा रुने, कराउँने, समूहमा हात बाधेर हिड्ने, विभिन्न कुरा बक्ने गरेका छन् । उनीहरूमा टाउको र हातखुट्टा दुख्ने, रिँगटा लाग्ने र रुने कराउँने जस्ता लक्षण देखिने गरेका छन् भने, बिरामीपिच्छे फरकफरक छात्राले फरक फरक लक्षण देखाउने गरेका छन् ।

अचेत अवस्थाबाट ब्यूँझिएपछि बिरामी छात्राले आफूलाई सास फेर्न गाह्रो हुने, हात खुट्टा दुख्ने, काम्ने, झमझमाउने समस्या हुने गरेको बताएका छन् । विद्यार्थीमा यो समस्या दैनिक जसो देखिएपछि स्थानीय र अभिभावकले आ–आफ्नै तर्क गर्न थालेका छन् । उनीहरूले कसैले विद्यार्थीमा मास हिस्टेरियाको समस्या देखिएको बताउँछन् ।

दैनिक जसो विद्यार्थीलाई यो समस्या देखिन थालेपछि यसअघि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीको निर्देशनमा २ दिन विद्यालय नै बन्द गरिएको थियो । यता, विद्यालयका अभिभावकले समस्याको पहिचान गरि समाधानको उपाय खोजी गरिनुपर्ने बताएका छन् । उनीहरुले एक समस्याले अर्को समस्या सृजना हुन सक्ने भन्दै समयमै यसतर्फ सबैले सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles