११ सय ग्राम यार्सागुम्बा सहित एक जना पक्राउ

द्वारा : सुदुर न्युज
0

दार्चुला असार ०३।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले ११ सय ग्राम यार्सागुम्बा सहित एक जनालाई पक्राउ गरेको छ।

दुुहु गाउँपालिका ३ राताकाठा क्षेत्रमा बाट १ किलो १ सय २० ग्रामसहित गगनसिह महरा लाई पक्राउ गरेको हो। स्थानीयबाट खरिद गरेर सदरमुकाम खलंगा ल्याउने क्रममा प्रहरीले यार्सागुम्बासहित व्यापारीलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

पक्राउ परेको यार्सागुम्बा र व्यापारीलाई कार्वा्हिको लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले आवश्यक अनुसन्धान गरेर कार्वा्हि प्रकृया अघि बढाउने जनाएको छ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy