36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

सामान्य वर्षामै निर्माणाधीन मोहनापुल अत्तरीया ६ लेन सडकको दायाँ वायाँ क्षेत्रमै ओहोर दोहोर गर्न समस्या

धनगढी, २७ जेठ ।

सामान्य वर्षामै निर्माणाधीन मोहनापुल अत्तरीया ६ लेन सडकको दायाँ वायाँ क्षेत्रमै ओहोर दोहोर गर्न समस्या भएको छ । सडकको दाया वाया क्षेत्रमा माटो खनिएका कारण सामान्य पानीमै हिलाम्ये वन्दा आवत जावतगर्न कठिनाई भएको हो ।

निर्माणमा भईरहेको लापरवाहीले चिप्लो माटो हिलाम्मे वन्दा पनि सरोकारवाला भने मौन रहेका छन । उनीहरुले निर्माण कम्पनीलाई वर्षाका कारण हुने समस्या नआउने गरी निर्माणको काम गर्नका लागि सुझाव समेत दिउका छैनन् । जन प्रतिनिधि सहित निर्माण आयोजनाले पनि वर्षातमा आउन सक्ने थप समस्यालाई ध्यान दिन सकेका छैनन् ।

सामान्य वर्षामै निर्माणाधीन मोहनापुल अत्तरीया ६ लेन सडकको दायाँ वायाँ क्षेत्रमै ओहोर दोहोर गर्न समस्या सिर्जना भएपछि वर्षातमा थप कठिनाईहरु आउने देखिएको हो ।

सडक क्षेत्रमा अग्लो नाली निर्माण भईरहँदा विच भागमा पुरानो सडक रहँदा पनि नयाँ माटो भरिएको ठाउँमा सामान्य वर्षाले पनि हिलाम्मे वनेर सडक वारपार गर्न नसकिने अवस्था आएको स्थानीय वासिन्दा हरी सिंह रावलले वताए ।

बाटो हिलाम्मे हुन थालेपछि दुर्घटनाको जोखिम पनि बढेको छ । बाक्लो बस्ती भएका कारण बढी आवतजावत हुने र सबै सवारी साधनहरु यसै बाटो भएर दोहोर दोहोर गर्ने भएकोले वर्षाले समस्यलाईअझ जटि वनाएको हो । बाटो चिप्लो भएका कारण सवारी चलाउन समेत अप्ठेरो हुने गरेको अर्का स्थानिय किसन बुढाले वताए ।

सडकमा रहेका खाल्डाखुल्डीहरु र गहिरो भागमा पानी जमेर आउन जान नसकिने स्थिति अहिलेकै वर्षाले भएपछि कतिपय ठाउँमा पसल बन्द गर्नु पर्ने बाध्यता समेत रहेको छ ।

सडकभरी नै जमेको पानीले हिडडुल गर्न नसकिने अवस्थामा हिलाम्मे सडकमा जोखीम मोलेर आउने जाने गरेकोधनगढी चटकपुरका स्थानिय बिपिन सिंहको भनाई छ । निर्माणमा भईरहेको लापरवाहीले चिप्लो माटो हिलाम्मे वन्दा पनि सरोकारवाला भने मौन रहेका छन ।

जन प्रतिनिधि सहित निर्माण आयोजनाले पनि वर्षातमा आउन सक्ने थप समस्यालाई ध्यान दिन सकेका छैनन् । तर मोहनापुल अत्तरीया ६ लेन सडक आयोजनाले वर्षातमा हुने समस्यलाई मध्यनजर गरेर ग्रावेल हालिने आयोजना प्रमुख मनिषकुमार शाहले जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles