26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुईको अवस्था चिन्ताजनक

बझाङ जेठ २४

बझाङमा बुधबार भएको जीप दुर्घटनामा परि मृत्युको संख्या तीन पुगेको छ।

छविसपाथिभरा गााउँपालिका ४ डाँडाँगाँउका ४५ बर्षिय विरेन्द्र बहादुर सिहँ र उनकी श्रीमती ३८ बर्षिया जला देवि सिहँको घटना स्थलमा नै मृत्यु भएको थियो ।

उपचारका लागि जिल्ला अस्पताल ल्यादै गर्दा जीप चालक केदार स्युँ गाँउपालिका १ का ३५ बर्षिय लालबहादुर भण्डारीको राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । छविस पाथिभरा गाँउपालिका ५ का ४५ बर्षिय सोभान धामी र ३ का ३१ बर्षिय गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको थप उपचारका लागि कोहलपुर पठाईएको छ । अन्य घाईते मृतक विरेन्द्र सिहका २ बर्षिय छोरा भुपेन्द्र सिहँ, छविसपाथीभेरा ३ की २७ बर्षिया पशुपती नेपाली र गणेश नेपालीकी ७ महिनाकी छोेरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । बुधबार बेलुका भाँडे बजारबाट व्यासी तर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप छविस पाथीभेरा गाँउपालिका ४ को भेटाखानमा दुर्घटना भएको थियोे

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles