33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख रकम लुटपाट घटनामा थप २ जना पक्राउ – लुटको रकम बरामद

धनगढी जेठ २२ ।

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख रकम लुट्ने मध्येका थप २ जना पक्राउ परेका छन् । यो संगै पक्राउ हुनेको सङख्या ५ पुगेको छ । प्रहरीले २ जनालाई काठमाडौबाट र अन्यलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षिय उग्रसेन रानालाई प्रहरीले ५ दिनअघि पक्राउ गरेको हो भने कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र उनीसँगै धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई काठमाडौबाट आईतवार राती पक्राउ गरिएको हो ।

थप २ जनालाई सोमवार राती पक्राउ गरिएको श्रोतले जनाएको छ । काठमाडौबाट पक्राउ परेकाहरुलाई सोमवार नै हवाईजहाँज मार्फत धनगढी ल्याईएको छ । प्रहरीले कञ्चनपुरकै बेलौरीबाट गोली हान्न प्रयोग भएको पेस्तोल समेत बरामद गरिसकेको श्रोतले जनाएको छ भने लुटीएको साढे ९ लाख मध्ये अधिकासं रकम पनि बरमाद भईसकेको छ ।

केहि रकम बरामद हुन बाँकी रहेकाले प्रहरीले अहिले पक्राउ परेकाहरुको वयानको आधारमा खोजी जारी राखेको छ । लुटेरा चढेर आएको मोटरसाईकल पनि प्रहरीले सोमवार बेलौरीबाट बरामद गरेको छ । प्रहरीले उग्रसेन रानाले बेलौरी स्थित आफ्नो भिनाजुको घरमा लुकाएर राखेको मोटरसाईकल बरामद गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईसकेको छ ।

उनिहरुले बा ४० प ४४३८ नम्बरको नक्कली नम्बर प्लेट मोटरसाईकलमा झुण्डाएका थिए । अहिले उक्त मोटरसाईकलमा नम्बर प्लेट राखिएको छैन् । प्रहरीले यो घटनामा संलग्नहरु लामो समयदेखी सांगठनिक अपराधमा संलग्न रहेको पाईएको जनाएको छ ।

घटनामा संलग्न भई आईएमईका कर्मचारीमाथि गोली प्रहार गर्ने कल्लु राना यसअघि पनि जबरजस्तीकरणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरी २०७४ माघमा छुटेका व्यक्ती हुन । यस्तै अर्का उग्रसेन राना पनि डाँका चोरी मुद्धामा ४ बर्ष ८ महिना जेल जिवन बिताई सकेका व्यक्ती हुन ।

यो गिरोहले केहि बर्ष अघि कञ्चनपुरको डोकेबजारका एक व्यापारीसंग पनि साढे ३ लाख रकम लुटेको थियो भने रकम लुटपाटकै योजनाका क्रममा गौरीफन्टाका एक व्यापारीको हत्यामा पनि यिनिहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले कञ्चनपुरमा छोटी भन्सार कार्यालय लुटपाटमा पनि यहि गिरोहको हात रहेको दावी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमीरेले घटनाको सम्पुर्ण अनुसन्धान भईसकेको बताउदै अहिले नै सवै कुरा भन्न नमिल्ने बताउनुभयो । प्रहरीले घटना विस्तृत विवरण ११ बजे पत्रकार सम्मेलन मार्फत गर्ने तयारी गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles