लुटेरालाई हवाईजहाँज मार्फत धनगढी ल्याईयो, लुटिएको रकम भने बरामद भएन

द्वारा : सुदुर न्युज

कैलाली, २१ जेठ ।

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख रकम लुट्ने मध्येका ३ जना पक्राउ परेका छन । प्रहरीले एक जनालाई कञ्चनपुर र २ जनालाई काठमाडौबाट पक्राउ गरेको हो।

कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षिय उग्रसेन रानालाई प्रहरीले ४ दिनअघि पक्राउ गरेको हो भने कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र उनीसँगै धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई काठमाडौबाट आईतवार राती पक्राउ गरिएको हो।

काठमाडौबाट पक्राउ परेकाहरुलाई आजै हवाईजहाँज मार्फत धनगढी ल्याईएको छ। लुटेराहरुबाट लुटिएको रकम भने बरामद भएको छैन्। प्रहरी स्रोतका अनुसार उनीहरु तिनै जनाले ३÷३ लाखका दरले रकम बाँडेर खर्च गरिसकेको बयान दिएका छन्।

प्रहरीले लुटपाटका क्रममा लुटेरा चढेर आएको मोटरसाईकल आज दिउसो बरामद गरिसकेको छ।

यो गिरोह लामो समयदेखी यस क्षेत्रमा अपराधीक गतिबिधिमा संलग्न रहेको र उनिहरुले लामो समय जेल जिवन समेत बिताईसकेको खुल्नमा आएको छ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com