41.1 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

दार्चुला बाढि र पहिरोको उच्च जोखिममा

दार्चुला जेठ २०।

दार्चुला जिल्ला बाढि र पहिरोको उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको प्रतिवेदन अनुसार जिल्लामा साना ठुला बाढि पहिरोका कारण बढि मानवीय तथा भौतिक क्षति हुने गरेको देखाएको हो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको अभिलेख अनुसार सन् २०१२ देखि २०१७ सम्मको छ वर्षको अवधिमा बाढिका कारण १७ जनाको ज्यान गएको छ भने ५ सय ६ घरधुरीका २ हजार १ सय ६४ जना प्रभावित भएका छन्।

यस्तै पहिरोका कारण सन् २०१२ देखि २०१७ सम्म २१ जनाको ज्यान गएको छ। छ वर्षको अवधिमा पहिरोका कारण १ सय ६६ घरधुरीका २ हजार १६ परिवार प्रभावित भएको प्रशासनको तथ्यांक छ।

दार्चुलाको काकडा खोला, रिठेगाड खोला, भरतोला गाड, धालीगाड, नौगाड, पन्तपालीगाड, हर्दोगाड, ओसीलागाड, अम्कुरगाड, गोकुल्यागाड, बढिगाड, लास्कुगाड, मकरीगाड, कालागाड, निजाङगाड, धौलाकोटगाड, लक्सेरीगाड,होपरीगाड, चकमकखोला, गुल्जरगाड, क्षेत्तीगाड, धर्मगाड, सुन्सेराखोला, पतांगाड खोला, लगायतका खहरे खोलाहरुले बर्षेनी जिल्लाका ९ वटै स्थानीय तहमा क्षति गर्ने गरेको विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने संस्था संकल्प दार्चुलाले जनाएको छ।

चमेलिया नदीले पनि बेला बेलामा वितण्डा मच्चाउने गरेको छ। विगतको इतिहास हेर्ने हो भने ०७० सालको बाढिले खलंगा लगायत दर्जन बढि साविकका गाविसमा ठूलो क्षति गरेको छ। यसका साथै मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका नौगाड गाउँपालिकामा विगतमा ठुलो क्षति भएको तथ्यांकले देखाएको छ।

जिल्लामा दैवी प्रकोप उद्धार समितिको नेतृत्वदायी भुमिकामा रहेको जिल्ला प्रशासन कार्यालयले अझै विपद प्रतिकार्य योजना निर्माण गर्न सकेको छैन्। जिल्ला दैवी प्रकोप उद्धार समिति डिडिआरसीको बैठक बसालेर कार्य योजना पारित गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles