पाल्पा बस दुर्घटनाः मृतकको संख्या १३ पुग्यो

द्वारा : सुदुर न्युज
0

पाल्पा, जेठ १८।

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउने १३ जनाकै पहिचान खुलेको छ।

प्रहरीका अनुसार विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्ण्णबहादुर बोहराको ज्यान गएको हो।

सचिन बज्राचार्य र कमला कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो। ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुनु।

घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy