23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, जेठ १८।

गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।

डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर जोखिममा परेका छन्। वर्षाले जमिन भासिएपछि घर जोखिममा परेको स्थानीयवासी लोकेन्द्र चन्दले बताए।

वर्षाले ६० रोपनी बढी जग्गासमेत बगरमा परिणत गरेको छ भने गाउँले मिलेर पशु चौपाया बचाउन सफल भएको उनले बताए।

घर र जमिन भासिए पनि मानवीय क्षति भने भएको छैन । तर किसानले खेतमा लगाएको मकै, भटमास तथा तरकारी फलफूल नष्ट भएको स्थानीयवासी हिरा पाण्डेयले बताए।

कालोपत्रे हुँदै गरेको पाटन पञ्चेश्वर सडकमा व्यवस्थित तरिकाले काम नहुँदा सडकको तलपट्टिका घर तथा जमिनमा बेलाबेलामा क्षति पुग्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

पाटन–५ कै तल्लीस्याडीका विभिन्न ठाउँमा पनि पहिरो गएको स्थानीयवासी प्रकाश ठगुन्नाले जानकारी दिए।

– रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles