39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना

धनगढी जेठ १८

राधा चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा अर्थात रामबहादुर चौधरीलाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाएको छ ।

भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने सफाई दिईएको छ ।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले घोडाघोडी नगरपालिका वडा नम्वर ५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई बोक्सीको आरोप लगाउदै निर्घात कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसाला गरेको हो ।

बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो ।

त्यस्तै, भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने फैसला सुनाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

यस्तै भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका सोही ठाउँकै स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाई दिइएको जनाइएको छ । राधामाथि महिला दिवसकै दिन फागुन २४ गते बोक्सीको आरोपमा गाउँमै कुटपिट भएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles