37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

एकलाखको राहत सामग्री बाँड्न हेलिकप्टर नै चार्टर

असार २०, २०७४- बाढीपीडितलाई राहत बाँड्ने नाममा नेपाली सेनाको हेलिकप्टरको दुरुपयोग भएको पाइएको छ । गत शनिबार सप्तरीका विभिन्न खोलानदीमा आएको बाढीपीडितहरुलाई राहत सामग्री बाँड्ने नाममा सैनिक हेलिकप्टरको दुरुपयोग भएको हो । बाढीका बेला उद्धारमा आउन नसकेको सेनाको हेलिकप्टर थोरै राहत सामग्री लिएर चार्टर हुनुले सरकारी हेलिकप्टरको दुरुपयोग भएको बाढीपीडितहरुले बताएका छन्।

शनिबारको बाढीवाट जिल्लामा सबभन्दा कम प्रभावित भएको हनुमाननगर कंकालिनी नगरपालिकाको पोर्ताहामा एकलाख रुपैयाँको राहत सामग्री बाँडन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको हो । मधेसी नागरिक समाजले राजधानीबाट पोर्ताहाका पीडितलाई ल्याएको १ लाख रुपैयाँबराबरको राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टर सोमबार दिउँसो सप्तरीको पोर्ताहा आएको हो । मधेसी नागरिक समाजका अध्यक्ष गणेश मण्डलका अनुसार ३ सय किलो चामल, ५ सय किलो चिउरा, सय किलो नुन र चिनी, एक बोरा दाल, १ सय कार्टुन चाउचाउ र १० कार्टुन बिस्कुट लिएर सप्तरीको पोर्ताहामा नेपाली सेनाको हेलिकप्टर आएको हो ।

हेलिकप्टरै चार्टर गरी ल्याइएको उक्त सामग्रीको बजार मूल्य एकलाख रुपैयाँ हुन आउँछ । सेनाको हेलिकप्टर तोकिएको स्टानमा अवतरण गर्न नसकेपछि भारदहस्थित बीपी माबिमा अवतरण गर्दा सैनिक ट्रकले उक्त सामग्री पोर्ताहासम्म ओसारेको थियो । पोर्ताहा मधेसी नागरिक समाजका अध्यक्ष मण्डलको घर पनि हो । जिल्ला प्रशासन कार्यालय सप्तरीका एक अधिकृतले भने,‘एकलाख रुपैयाँको राहत बाँड्न सैनिक हेलिकप्टर प्रयोग, फेरि त्यो राहत सामग्री पनि सबभन्दा कम प्रभावित भएको गाउँमा गएर बाँड्नु सैनिक हेलिकप्टरको दुरुपयोग र बाँड्नेको व्यक्तिगत स्वार्थबाहेक अरु केही होइन ।’

‘मयनाकरेडी र भेडियामा खानाबिना मानिसको विजोग छ तर सेनाको हेलिकप्टर प्रयोग गरेर राहत अन्तै जान्छ’ती अधिकृतले भने,‘यो बाँड्नेको व्यक्तिगत स्वार्थ हो सेनाले बुझ्न सकेन ।’‘यति थोरै सामग्री त ट्रक भाडा गरेर पनि ल्याउन सकिन्थ्यो’प्रशासनका ती अधिकृतले भने,‘स्थानीय प्रशासनसित समन्वय नगर्दा सेना पनि झुक्कियो, हेलिकप्टरमा लागेको खर्चबराबरको रकमबाट कयौ परिवारलाई दुईछाक खाना हुन सक्दथ्यो ।’सैनिक हेलिकप्टर प्रयोग गरेर राहत सामग्री ल्याइ पनि जिल्ला दैवीप्रकोप उद्धार समिति र जिल्ला प्रशासनसित कुनै समन्वय गरेको थिएन ।

थोरै राहत सामग्री लिएर महँगो भाडा पर्ने सेनाको हेलिकप्टर चार्टर गरिएकोबारे मधेसी नागरिक समाजका अध्यक्ष गणेश मण्डलले भने,‘भाडामा सेनाको हेलिकप्टर ल्याएको होइन्, व्यक्तिगत सम्बन्धका आधारमा सहयोगमा हेलिकप्टर ल्याएको हो ।’ ‘थोरै राहत सामग्री लिएर हेलिकप्टरको प्रयोग कति उचित भन्ने प्रश्नमा उनले केही बताएनन् ।

नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले मधेसी नेता र मधेसी नागरिक समाजको आग्रहमा राहत सामग्री लग्न सेनाले हेलिकप्टर सहयोग गरेको बताए । ‘राहत सामग्री लिएर जाँदैछौ हेलिकप्टर सहयोग गर्नुपर्छ भन्ने मधेसी नेताहरुको आग्रहमा सहयोगस्वरुप हेलिकप्टर पठाइएको हो’ सैनिक प्रवक्ता कठायतले भने, ‘कति को सामग्री लगे त्यो थाहै भएन ।’

सेनाको हेलिकप्टर प्रयोग गरेर ल्याएको राहत सामग्री पोर्ताहा पीडितलाई पनि सोमबार बाडिएन् । राहत सामत सामग्री पोर्ताहाका २ जनालाई जिम्मा लगाएर उनी फर्केको स्थानीयले जानकारी दिए ।

अघिल्लो लेखमा
अर्को लेखमा

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles