27.4 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

विद्युत अवरुद्ध हुँदा डोटीमा औषधि बिग्रियो

डोटी, ७ जेठ –

लगातार ६ दिनसम्म बिद्युत आपूर्ति बन्द हुँदा डोटी शिखर नगरपालिका-९ मा रहेको दान्कोट स्वास्थ्य चौकीमा भण्डारण गरिराखिएको खोप बिगि्रएको छ ।

गत मंगलबारदेखि अबरुद्ध बिद्युत आपूर्ति अझै सुरु हुन नसक्दा लाटामाडौं, बनलेक र बारपाटा स्वास्थ्य चौकीमा समेत बितरण गर्नु पर्ने खोपहरु बिगि्रएको दान्कोट स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर कुँवरले जानकारी दिए । ‘खोप भण्डारण गर्ने पि|mज यस स्वास्थ्य चौकीमा मात्रै छ, यतैबाट अन्य स्वास्थ्य संस्थाहरुमा सप्लाई गर्नु पर्ने हुन्छ,’ कुँवरले भने, ‘पटकपटक विद्युत कार्यालयलाई फोन गर्दा पनि फोन उठ्दैन ।’

स्वास्थ्य चौकीमा राख्दासम्म फि्रजमा राख्नु पर्ने र बितरण गर्दा आइस बक्समा राख्नु पर्ने खोपहरु ६ दिन बिद्युत नहुँदा बिग्रेको उनी बताउँछन् । यस्तै विद्युत आपूर्ति नभएका कारण अन्य स्वास्थ्य सेवाहरु प्रदान गर्न पनि समस्या भइरहेको कुँवरको भनाइ छ ।

आफूले विद्युतको बिषयमा जिल्ला प्रशासन कार्यालयमा फोन गर्दा उक्त कार्यालयबाट पाएको मोवाइल नं. ९८५८४४०१८४ मा फोन गरी विद्युत नभएको गुनासो गरेको कुँवर बताउँछन् । ‘फिल्डमा खटिएको कर्मचारीलाई फोन गर्नु नि मलाई किन फोन गर्नु भयो ? भनेर उल्टा प्रश्न गर्नु भयो उहाँले’ कुँवर भन्छन्, ‘शनिवार साँझ केही वेरका लागि लाइन आएको तर फेरि बन्द भएर अहिलेसम्म पनि आएको छैन ।’

आफ्नो गाउँमा धेरै दिनदेखि नभएको बताउँछिन् शिखर नगरपालिका-७ की मंगलादेवी बलायर । उनी भन्छिन् ‘हिजो साँझ एक पटक बत्ती आएको थियो तर फेरि गयो र अहिलेसम्म पनि आएको छैन ।’ विद्युत नहुँदा विद्यार्थीहरुको पढाइमा मर्का भएको र मोवाइलहरु पनि चार्ज नभइ बन्द भएका मंगलाको भनाइ छ ।

गत मंगलबारदेखि बिद्युत नभएको बताउँछन् शिखर नगरपालिका-९ का वडाध्यक्ष कृष्णलाल बिष्ट । उनी भन्छन्, ‘धेरै दिन भयो बत्ति बिग्रेको, बिद्युतमा फोन गर्दा फोनै उठ्दैन ।’

स्थानीयवासीहरु अहिले पनि गाउँमा बिद्युत नभएको दावी गर्दै छन् तर बिद्युत कार्यालय दिपायलका प्रमुख बोधनारायण झा भने बिद्युत नभएको कुरा झुटा भएको बताउँछन् ।

उनी भन्छन्, ‘एकछिन् बत्ति अवरुद्ध भयो भने हप्तौं बन्द भयो भन्ने चलन छ, बत्ती कतै अवरुद्ध भएको छैन ।’ उनी मंगलवार ट्रान्सर्फमर जलेका कारण बिद्युत अवरुद्ध भएको र शुक्रवार अछामबाट नयाँ ट्रान्सर्फमर ल्याई जडान गरेपछि त्यस क्षेत्रमा बिद्युत सुरु भएको दावी गर्छन् ।

‘हामीले अस्ती नै जोडेर आएका हौं, लाइन सुचारु छ’ अनलाइनखबरसँग फोनमा कुरा गर्दै कार्यालय प्रमुख झा भन्छन्, ‘यदि बिद्युत नभएको भएपनि तपाइलाई फोन गर्नुको सट्टा मलाइ किन भनेनन् स्थानीयले ?’ गैरजिम्मेवार शैलीमा उनी थप्छन्, ‘तपाइलाई जसले बिद्युत छैन भनेका छन् उनको नाम कोड गरेर समाचार लेखिदिनुहोस् ।’

बिद्युत आपूर्ति बन्द भएका कारण दुःख खेपीरहेका स्थानीयबासी र बालबालिकाहरुले खोप बिगि्रए अभिभावकहरुले आफूलाई गाली गर्ने चिन्ता भएका स्वास्थ्यकर्मी बिद्युत आपूर्ति बन्द भएको दावी गर्दैछन् तर दिपायलमा रहेका कार्यालय प्रमुख भने बिद्युत सुचारु भएको धाक लगाउँदै छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles