26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

प्रहरीमाथि कुटपिट गर्ने भारतीय युवालाई पैसा खाएर छोडेपछि प्रहरी चौकीको टिम परिवर्तन

७ जेठ , कञ्चनपुर

कञ्चनपुरको डोकेबजारमा नेपाल प्रहरीका जवानलाई कुटपिट गर्ने तीन जना भारतीय नागरिकहरुबाट, प्रहरीले नै पैसा असुलेर छोडेपछि प्रहरी चौकीको सम्पुर्ण टिम परिवर्तन भएको छ । प्रदेश नम्वर ७ का डिआईजी सरद चन्दको निर्देशनपछि प्रहरी युनिट परिवर्तन गरिएको हो । प्रहरीमाथि हातपात गर्नेलाई कानुनी कारवाही गर्नुको सट्टा पैशा खाएर घटना मिलापत्र गरिएपछि प्रहरी चौकीको सम्पुर्ण टिम फेर्न निर्देशन दिईएपछि कञ्चनपुर प्रहरीले सई लक्ष्मण विकको नेतृत्व नयाँ टोली आजदेखि खटाएको हो । पैसा खाएर घटना मिलापत्र गरेका असई मदनसिंह धामी लगायतको टीमलाई हटाईएर जिल्ला लगिएको प्रदेश नम्वर ७ का डिआईजी सरद चन्दले जानकारी दिए ।

कञ्चनपुर प्रहरीका प्रमुख प्रहरी उपरिक्षक डिल्लीवहादुर विष्टको नेतृत्वमा छानविन समिती गठन गर्दै घटनाको वास्तविकता पत्ता लगाउन भनेपछि टोलीले अनुसन्धान समेत थालेको छ । अनुसन्धानपछि टोलीले त्यसको प्रतिवेदन डिआईजीलाई वुझाउनेछ । प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रमेश भट्टमाथि कुटपिट गर्ने तीन जना भारतीय युवालाई अमर वस्तीमा रहेको प्रहरी चौकीका ईन्चार्ज मदनसिंह धामी सहित प्रहरीहरुले नै पैसा खाएर छोडेको आरोप लागेको थियो ।

कुटपिटका क्रममा प्रहरी जवान भट्टको सुनको सिक्री हराएको भन्दै ती भारतीय नागरिकबाट प्रहरी चौकीले १ लाख ५३ हजार लिएको स्वीकार गरेको छ । तर स्थानीयले भने १ लाख ८३ हजार भारतीय रुपैया लिएर प्रहरीको वर्दी च्यात्ने र कुटपिट गर्नेलाई छोडिएको आरोप लगाएका छन् । भारत लखीमपुरका प्रमोद रानाले प्रहरीले १ लाख ८३ हजार लगेको बताएका छन् । उनीहरुले हराएको सुनको सिक्री पनि त्यतिवेला नै पाईएको बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज धामीले भने प्रहरी जवान भट्टले आफुलाई समेत जानकारी नदिएर मिलापत्र गरेको बताउदै आएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles