38.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

आगलागीबाट २५ लाखको क्षति

बाबियाचौर, म्याग्दी, जेठ ७ गते ।

रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।

भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

रु चार लाख नगद, १३ तोला सुनलगायतका धनमाल जलेर नष्ट हुँदा रु २५ लाखबराबरको क्षति भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जानकारी दिनुभयो ।

बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घर जलेर ध्वस्त भएपछि भण्डारीका परिवार आफन्तको घरमा आश्रय लिएका छन् ।

– (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles