गाडीको ठक्करले शिक्षकको मृत्यु

द्वारा : सुदुर न्युज
0

खजुरा बाँके, जेठ ३ गते ।

गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ ।

कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

मृतक चापागाँई शिक्षक हुनुहुन्थ्यो ।

0

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy