अनुमति नलिएर सामुदायिक वनमा गरिरहेको सडक निर्माण रोक्न जिल्ला वनको निर्देशन

द्वारा : सुदुर न्युज

धनगढी, २८ बैसाख ।

, २८ बैसाख ।

कैलालीको चुरे गाउँपालिकाका जनप्रतिनिधिहरुले सामुदायिक वनमा मापदण्ड विपरित सडक निर्माण गरिरहेका सडकहरुको निर्माण कार्य रोक्न जिल्ला वन कार्यालय कैलालीले निर्देशन दिएको छ ।

सामुदायिक वन क्षेत्रमा पनि मनोमानी रुपमा रुख काटेर सडक निर्माण भईरहेको अवस्थामा जिल्ला वन कार्यालयले चुरे गाउँपालिका वडा नम्वर ६ को वडा कार्यालयलाई पत्र लेखेर नियम मिचेर वनाईरहेको सडकको निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।

स्थानीय वासिन्दाले मापदण्ड विपरित सडक निर्माण गर्दा आफुहरुको वस्ती नै खतरामा पर्ने भन्दै विरोध जनाईरहेका वेला पनि जनप्रतिनिधिहरु भने अटेरी गर्दै डोजर र स्काभेटरको प्रयोग गरेर धमाधम सडक निर्माण गरिरहेका थिए ।

वनले भौगोलिक दृष्टिकोणले पनि भारी उपकरणहरु लगाएर सडक निर्माण गर्न ठीक नभएको जनाएको छ । सडक निर्माण रोक्न दिएको निर्देशनात्मक पत्रमा वन कार्यालयसँग अनुमति नलिएर काम गरिरहेको ठहर गर्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

वन क्षेत्रमा उपभोक्ता समितीहरुले डोजर र स्काभेटरको प्रयोग गरेर सडक निर्माण गर्न पाउँदैनन् । तर कार्यपालिकाको वैठकवाट निर्णय गरेको भन्दै चुरे गाउँपालिकाका जनप्रतिनिधिहरु मनोमानी रुपमा सडक निर्माण गरिरहेका थिए ।

प्राविधिकहरुको परामर्श बिना नै सडक निर्माण गर्ने प्रवृतिका पहाडी भुभाग रहेको चुरे गाउँपालिकामा भईरहेको विकासले भविष्यमा ठुलो विनाशहरु निम्त्याउने खतरा वढेको भन्दै स्थानीयहरुले असहमित जनाउँदा जनाउँदै पनि जनप्रतिनधिहरु अटेरी गर्दै सडक निर्माण गरिरहेका थिए । वनको निर्देशनपछि पनि अहिले जनप्रतिनिधिहरुले काम रोकेका छन ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com