37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

रोल्पाको सडकमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा, २८ बैशाख।

कडा चट्टानका कारण यातायातका साधन आवत जावतमा निकै समस्या हुँदै आएको रोल्पाको दुईखोली—थवाङ सडकखण्डको खरिबोटमा नेपाली सेनाले करीब २०० मिटर चट्टान फुटालेर सडक विस्तार गर्ने काम भइरहेको छ ।

मेसिन प्रयोग गरेर सडक निर्माण गर्न सम्भव नभएपछि यातायात व्यवसायी र स्थानीयवासीले सडक निर्माणमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय, रोल्पा तथा शहीद मार्ग सडक कार्यालय समेतको पहलमा नेपाली सेनाले सो सडकखण्ड निर्माण कार्य आरम्भ गरेको हो ।

खड्गदल गण, रोल्पाका एक पल्टन सैनिकले गत वैशाख १६ गतेदेखि सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ । “सडक निर्माण सम्पन्न गर्न अझै करीब एक हप्ता लाग्छ”, खड्गदल गणका सहायक गणपति धर्म बोगटीले बताउनुभयो ।

नेपाली सेनाको सहयोगमा सडक फराकिलो भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक साँघुरो भएका कारण दुर्घटनाको ठूलो जोखिम मोल्दै आएका उनीहरु अब भने ढुक्कका साथ सवारीसाधनको आवतजावत हुनेमा विश्वस्त रहेका छन् ।

नेपाली सेनाले रोल्पाली जनताको मागका आधारमा जिल्लामा यसपूर्व धेरै काम गरिसकेको छ । निर्माण आरम्भ भएको २५ वर्षसम्म पनि सम्पन्न हुन नसकेको शिरक्याङमा रहेको कडा चट्टान फोरेर केही महिनाअघि मात्रै सुलिचौर—थवाङ यातायात सञ्चालनमा समेत नेपाली सेनाले सहयोग गरेको थियो ।

यसैगरी, अन्य सडकखण्डमा रहेका चट्टान फोर्ने, विद्यालय भवन, शौचालय आदि निर्माण गर्ने लगायतका काममा समेत नेपाली सेनाले सहयोग गरेको बताइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles