सेती अञ्चल अस्पतालको फार्मेसीमा पाईदैन औषधी

द्वारा : सुदुर न्युज

२५ बैसाख, धनगढी ।

सेती अञ्चल अस्पतालले संचालनमा ल्याएको फार्मेसीमा डाक्टरले लेखेका सबै औषधीहरु नपाईने गरेको बिरामीहरुले बताएका छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीहरुले अस्पतालको फार्मेसीबाट सस्तोदरमा औषधी पाउने भएपनि सबै किसिमका औषधी नपाईने गरेको बताएका हुन्।
डाक्टरले लेखेका मध्ये आधा औषधी अस्पतालको फार्मेसीमा पाईने र आधा नपाईने गरेपछि निजि औषधी पसलबाट महंगो मुल्यमा किन्नुपरेको बिरामी तथा उनिहरुका आफन्तको गुनासो छ। बिरामीहरुलाई सस्तो मुल्यमा औषधी उपलब्ध गराउने भन्दै सेती अञ्चल अस्पतालले आफ्नै फार्मेसी संचालनमा ल्याएको थियो। तर डाक्टरले लेखेका मध्ये आधा औषधी अस्पतालको फार्मेसीमा पाएको भएपनि आधा नपाएपछि बाहिरबाट किनेको हेमराज भट्टले बताए।

अस्पतालको फार्मेसीमा औषधी नपाएपछि बाहिरको निजि क्लीनिकबाट महंगो मुल्यमा किन्नुपरेको बुवाको उपचारका लागि आएका जालीका महेश चौधरीले बताए। फार्मेसीमा औषधी किन्न जादा छैन बाहिरबाट किन्नुस भन्दै फर्काउने गरेको उनले बताए।

यता सेती अञ्चल अस्पतालले भने सुरुवातमा ४ सय प्रकारका औषधी मात्रै खरिदका लागि टेन्डर गरिएकोले केहि औषधीहरु नपाईने समस्या रहेको स्वीकार गरेको छ। तर अब १२ सय भन्दा बढी प्रकारका औषधीका लागि टेन्डर आब्हान गरिएकोले केहि सयमभित्रै औषधी नपाईने समस्या समाधान हुने अस्पतालको फार्मेसीका प्रमुख भरत कुँवरले जानकारी दिए।
सेती अञ्चल अस्पतालले गतबर्षको जेठ महिनादेखी आफ्नै फार्मेसी संचालनमा ल्याएको थियो। सुरुवातका समयमा कर्मचारी अभाव भन्दै दिउसो मात्रै संचालनमा आएको फार्मेसी केहि महिनायता चौबिसै घण्टा संचालनमा छ। तर डाक्टरले लेखेका सबै औषधीहरु नपाईने गरेपछि भने बिरामीहरु मर्कामा परेका छन्।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com