37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

दनपाद्वारा विपद् व्यवस्थापन योजना पारित

बैतडी,२५ वैशाख-

बैतडीको दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन योजना पारित गरेको छ । नगरकार्यपालिकाको बैठकले नगरपालिकाले तयार पारेको योजना पारित गरेको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो ।

युनिसेफ नेपालको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा निर्माण गरिएको योजनामा विपद् पूर्व, विपद्को समयमा र विपद् पश्चात गरिने क्रियाकलाप समेटिएका उहाँले बताउनुभयो ।

विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले त्यस्तो अवस्थामा योजनाबद्ध ढंगले अघि बढ्नका लागि विपद् व्यवस्थापन योजना निर्माण गरिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।

विपद् व्यवस्थापन ऐन २०७४ को अधिनमा रहेर नगरपालिकाको विपद् व्यवस्थापन योजना निर्माण गरिएको उपप्रमुख चन्दले बताउनुभयो । योजनाभित्र समेटिएका कुराहरुलाई कार्यान्वयन गर्नका लागि कार्यविधि बनाएर अघि बढ्ने दशरथचन्द नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रत्येक वडामा गरिएको छलफलबाट प्राप्त सूचनका आधारमा योजना निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयले बताउनुभयो ।

वडाहरुमा देखिएका प्रकोप र ती प्रकोपसंग जुध्नका लागि अपनाउन सकिने उपायका बारेमा योजनामा समेटिएका पाण्डेयले बताउनुभयो । योजनाले विपद् व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

यसैबिच दशरथचन्द नगरपालिकाका जनप्रतिनिधिहरु नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको सहयोगमा विपद् व्यवस्थापन सम्बन्धि सीप तालिम पनि यसअघि दिईएको थियो ।

पछिल्लो समयमा विभिन्न किसिमका विपद्हरु आइरहेकाले जनप्रतिनिधिहरुका लागि विपद् व्यवस्थापन सीप आवश्यक रहेकाले आफूले विपद् व्यवस्थापन सीप सहयोगी भएको दशरथचन्द नगरपालिका वडा नं ७ का वडा अध्यक्ष चक्रप्रसाद शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो“ जनप्रतिनिधिहरुले वडामा हुने विभिन्न समस्या समाधानका लागि तयार हुनुपर्ने र विपद् व्यवस्थापन तालिमले सहयोग गर्नेछ”

यस्तै दशरथचन्द नगरपालिकामा उपप्रमुख मीना चन्दले तालिमले जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्नुका साथै विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा पूर्वतयारीका लागि सहयोग पुग्ने बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles