39.4 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

खहरे खोलाले बगाउँदा एकै परिवारका चार सहित पाँच जनाको मृत्यु

वैशाख २३, वझाङ

बझाङको थलारा गाँउपालिका वडा नम्वर–४ नजिकै रहेको खहरे खोलाले बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २७ बर्षीय हर्क विक, उनकी श्रीमती २६ बर्षीया डल्ली विक, ३५ बर्षीया कलसी विक, १२ बर्षीया मनिशा विक र ३ बर्षीया सक्षम विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय वजार ढोड्यखेतवाट घर फर्कने क्रममा गाँउ नजिकै रहेकोे गुह्या खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

शनिबार राती करिब ८ बजेतिर परेको अविरल बर्षाका कारण खहरे खोला आउँदा उनीहरुलाई बगाएर मृत्यु भएको प्रहरीको भनाई छ ।

स्थानीय बासिन्दाका अनुसार हर्क विककी श्रीमती सहित २ वालबालिका गरी एकै परिवारका चार जनाको ज्यान गएको जनाईएको छ । यता जिल्ला प्रहरी कार्यालयले भने घटनास्थलमा प्रहरी पुगेको जनाएको छ ।

एकै परिवारका चार जनाको मृत्यु भएको छ । अविरल बर्षाका कारण १९ गते जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा समेत खहरे खोलाले से १ ज ८२० नम्वरको जीप बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles